#अल्पसंख्यक जाति# तिब्बती बालकको सुखमय जीवन
2022-05-31 16:15:38CRI
Share with:

भोलि जुन १ तारिख अन्तर्राष्ट्रिय बालदिवस हो। सन् १९४९ नोभेम्बर अन्तर्राष्ट्रिय प्रजातान्त्रिक महिला महासंघले मस्कोमा परिषद्को बैठक आयोजना गरेको थियो। बैठकले हरेक वर्षको जुन १ तारिखलाई अन्तर्राष्ट्रिय बाल दिवसका रुपमा मनाउने निर्णय गरेको थियो। संसारका सबै बालबालिकाको बाँच्ने, स्वास्थ्य सेवा लिने, शिक्षा लिने अधिकारको रक्षा गर्न, बालबालिकाको जीवनमा सुधार गर्न र बाल दुर्व्यवहार र विषाक्तताको विरोध गर्नका लागि यो दिवसको स्थापना भएको हो। विश्वका धेरै देशहरूले जुन १ तारिखलाई बालदिवसको रूपमा तोकेका छन्।

वास्तवमा हरेक देशमा बालबालिका उच्च महत्व दिइएका समूह हो। उदाहरणका लागि गत साता मैले यस्तो नेपाली समाचार पढे-

अब प्रत्येक स्थानीय तहमा बालबालिकाको सम्मान, संरक्षण र संवर्द्धन तथा बाल संरक्षणको लागि स्थानिय बाल अधिकार समितिमा एक जना बाल कल्याण अधिकारी र स्थानीय तहमै पुन:स्थापना केन्द्रको व्यवस्था गरिने भएको छ। हालै सरकारले ल्याएको बालबालिका सम्बन्धि नियमावली ०७८ ले यो व्यवस्था गरेको छ । जोखिमपूर्ण श्रममा भएका बालबालिकाको उद्दार गर्ने, आश्रयमा रहेका अभिभावकविहीन बालबालिकाहरुको जन्म दर्ता नभएको हकमा स्थानिय बाल अधिकार समितीले तुरुन्तै जन्मदर्ता बनाइदिनुपर्ने व्यवस्था रहेको कान्तिपुर अनलाइनले उल्लेख गरेको छ।

बालगृह सम्बन्धित व्यवस्थामा बाल गृह सञ्चालनका लागि कम्तिमा २० जनाका लागि भौतिक पूर्वाधार हुनुपर्ने, बालक, बालिका र यौनिक तथा लैगिंक अल्पसंख्यक बालबालिकालाई सुरक्षितसँग छुट्टाछुट्टै राख्ने व्यवस्था गर्नुपर्ने नियमावलीमा तोकिएको छ । बालबालिका सम्बन्धी ऐन २०७५ मा ल्याइएको थियो । नियमावली जेठ ५ गते नेपाल राजपत्रमा प्रकाशित भएको छ ।

 

त्यसैले चीनमा बालबालिकाको जीवन कस्तो छ त? तिब्बती बालबालिकासित यस सम्बन्धित समाचारहरू हेर्नुहोस्।  

 

हाल तिब्बतले बालबालिकालाई स्वस्थ बनाउने गतिविधिको सुधारिएको योजना र आमा-बच्चाको सुरक्षा गतिविधि सुधारको योजना प्रस्तुत गरेको छ।   

सर्वप्रथम गर्भावस्था र जन्ममाथि महत्व दिएको छ।

जन्म विकृतिको प्रतिरोध गर्नका लागि तिब्बतले गर्भावस्थाअघि स्वास्थ्य परीक्षणलाई सुदृढ पार्ने, गर्भावस्थामा जोखिम मूल्याङ्कनलाई कार्यान्वयन गर्ने, बच्चा र गर्भवती महिलालाई चिकित्सा सेवालाई प्रवर्द्धन  गरेको छ।

 

हालै तिब्बतमा विशेष बालबालिकाका लागि एउटा विशेष शिक्षा विद्यालयका खेलकुद तथा पुनर्स्थापना तालिम केन्द्र प्रयोगमा ल्याइएको छ। तिब्बतमा विशेष बालबालिकाका लागि यो पहिलो खेलकुद तथा पुनर्स्थापना केन्द्र हो। विशेष बालबालिकाका लागि यो खेलकुद तथा पुनर्स्थापना तालिम केन्द्र मस्तिष्क पक्षाघात, शारीरिक अपाङ्गता, अटिजम र दृष्टि तथा श्रवण कमजोरी भएका विशेष बालबालिकाका लागि डिजाइन गरिएको हो। 

यस्ता अन्य समाचार धेरै छन्। हाल तिब्बतले विविध क्षेत्रमा बालबालिकालाई महत्व र हेरचाह दिएको छ। 

अन्त्यमा अन्तर्राष्ट्रिय बालदिवसको उपलक्ष्यमा सबै चिनियाँ र नेपाली बालबालिका साथीहरूलाई हार्दिक शुभकामना।