शाङहाईका काम र उत्पादन सम्पूर्ण रूपमा पुन:आरम्भ
2022-06-01 21:00:06cri
Share with:

महामारीको प्रभावकारी नियन्त्रण गरिएको र परिस्थिति निरन्तर राम्रो बन्दै आएको सिलसिलामा शाङहाईले जुन १ तारिख सम्पूर्ण रूपमा काम र उत्पादन लगायत जीवन परिपाटीको पुन:आरम्भ गरेको छ। त्यो विषय चिनियाँ सामूहिक आदानप्रदान मिडियामा देखिने सबभन्दा ध्यानाकर्षणको विषय पनि बनेको छ। इन्टरनेट प्रयोगकर्ताहरूले के मूल्याङकन गरेका छन् भने रमाइलो र समृद्ध शाङहाई फर्केको छ। 

दुई महिनाभन्दा लामो समययताको जटिल प्रतिरोधात्मक प्रयासमार्फत शाङहाईको “पुन:आरम्भ” बाट के प्रमाणित हुन्छ भने चीनले चल्ने क्षेत्रमा शुन्य संक्रमण भन्ने कदमलाई कायम राखेको कुरा जनताको संरक्षण गर्ने र अर्थतन्त्रको दीर्घ विकासलाई प्रत्याभूति दिने आवश्यक कदम हो। चीनले यस्तो महामारी प्रतिरोधात्मक कार्यनीति अपनाउँदै सबभन्दा कम क्षतिमा नियन्त्रण र प्रतिरोधको सबभन्दा ठूलो फाइदा प्राप्त गरी सक्दो प्रयासमार्फत जनताको ज्यान, स्वास्थ्य र उत्पादन तथा जीवनयापनको सामान्य परिपाटीलाई सुनिश्चित पारेको छ। 

महामारीबाट ल्याइएको नकारात्मक असरले चीनको अर्थतन्त्र दीर्घ रूपमा राम्रो दिशातर्फ विकसित हुने आधारभूत बिन्दु परिवर्तित भएको छैन। त्यो बजारका विश्लेषकहरूसको मतैक्य पनि हो। जुनसुकै युगमा रहे तापनि बजारमा विविध किसिमका चुनौती मौजुद हुन्छन्। त्यस्तै मानिसहरूका लागि चुनौतीबाट अवसरलाई पत्ता लगाउनु नै झन् महत्वपूर्ण र आवश्यक कुरा हो।