चीन र प्रशान्त टापुदेशहरू बीचको सुरक्षा सहकार्यप्रति अमेरिका र अस्ट्रेलियाको टाउको दुखाइ
2022-06-01 16:22:34cri
Share with:

 “अन्तर्राष्ट्रिय परिस्थिति जसरी परिवर्तन भएतापनि चीन सधैं नै प्रशान्त टापु देशहरूको असल मित्र हुनुका साथै एउटै डुङगामा रहेका राम्रा दाजुभाइ र सँगै मिलेर अघि बढ्दै जाने राम्रा साझेदार रहिरहने हो।” चीनका राष्ट्राध्यक्ष सी चिनफिङले मे ३० तारिख दोस्रो चीन-प्रशान्त टापु देशहरूको मन्त्रीस्तरीय सम्मेलनलाई लिखित सम्बोधन  गर्दै उक्त कुरा बताउनु भएको हो। उहाँले चीन र प्रशान्त टापु देशहरू बीचको सहयोगमा टडकारो उपलब्धि प्राप्त गरेको भन्दै त्यो दक्षिण-दक्षिण सहकार्य र आपसी हितयुक्त तथा साझा जीत हुने उदाहरण बनेको भन्दै प्रशंसा गर्नुभएको छ। 

हाल चीनका परराष्ट्र मन्त्री वाङ यी दौत्य सम्बन्ध कायम भएका प्रशान्त महासागरीय टापु देशहरूको भ्रमणमा रहनुभएको छ। उहाँको यस भ्रमणले अमेरिका र अस्ट्रेलिया लगायतका केही पश्चिमा मुलुकको संवेदनशीलतालाई छोएको छ। तिनीहरूले “पैचिङले दक्षिण प्रशान्त क्षेत्रमा सुरक्षा सहकार्यको परिधि विस्तार गरेको” कुराप्रति चिन्ता व्यक्त गरेका छन्। त्यसबाट के प्रमाणित हुन्छ भने अमेरिका र अस्ट्रेलिया लगायतका पश्चिमा मुलुकले लामो समययता प्रशान्त टापु देशहरूलाई आफ्नो पछाडिको आँगन र शक्तिशाली परिधिको रूपमा व्यवहार गर्दै आफ्नो इच्छा अनुसार सहयोगात्मक साझेदारको छनोट गर्न ती देशहरूलाई छुट दिएका छैनन्। यो साँच्चिकै प्रभुत्ववाद हो।