ल्हासामा सार्वजनिक यातायातको बृहत् विकास
2022-06-01 14:31:07cri
Share with:

हालैका वर्षहरूमा तिब्बत स्वायत्त प्रदेशको ल्हासा शहरको सार्वजनिक यातायातमा ठूलो विकास भएको देखिन्छ। दिनप्रति दिन स्थानीय नागरिकको आवतजावत सुविधाजनक बन्दैगएको छ।

सन् २०२२ मे महिनासम्म ल्हासा शहरको सार्वजनिक यातायात संस्थाको सार्वजनिक बसको संख्या ५६२ वटा पुगेको छ भने नयाँ ऊर्जा स्रोत सार्वजनिक बसको अनुपात १०० प्रतिशत पुगेको छ। ल्हासामा सार्वजनिक बस संचालन हुने सडकको कुल लम्बाइ ९९८.२ किलोमिटर पुगेको छ।