बालबालिकाहरुको संरक्षण गर्न नसक्ने अमेरिकीको बेकारको मानव अधिकारको टिप्पणी
2022-06-01 16:00:20cri
Share with:

एक साताअघि अमेरिकी रोब प्राथमिक विद्यालयमा भएको गोलीप्रहारबाट कम्तिमा १९ जना बाल बालिकाहरु र २ जना प्रौढ व्यक्तिको मृत्यु भएको छ। उक्त घटनाले अमेरिका तथा विश्वलाई स्तव्ध बनाएको छ। “न्युयोर्क टाइम्स”पत्रिकाले सो घटनाको आलोचना गर्दै बाल बालिकाहरुको संरक्षण गर्ने इच्छा नभएको अमेरिका सभ्य र असभ्य भन्दै टिप्पणी प्रकाशन गरेको छ। 

अमेरिकी भूमिको संरक्षण तथा सुरक्षा कन्द्रका अनुसार,रोब प्राथमिक विद्यालयमा भएको गोली हानाहान घटना चालु वर्ष अमेरिकाको विद्यालयमा भएको १३७ औं गोली प्रहार घटना हुनुका साथै विगत १० वर्षयता अमेरिकाकाविद्यालयमा भएको सबैभन्दा गम्भिर गोली प्रहार घटना पनि हो। सानो उमेरका विद्यार्थीहरुको ज्यान यसरी गुमाएको कुराले उनीहरुको परिवारलाई ठूलो पीडा हुनुका साथै हरेक दिन प्रजातन्त्र तथा मानव अधिकार फलाक्ने अमेरिकी राजनीतिज्ञहरुको नैतिकतालाई सङ्कटमा पारेको छ।

अधिकार र पुँजी नागरिकहरुको ज्यानभन्दा महत्वपूर्ण रहँदा त्यसको परिणामस्वरुप मानव अधिकार नै सङ्कटमा पर्नेछ। बन्दुक सम्बन्धी हिंसात्मक गतिबिधिको सामना गर्दै अमेरिकी सरकारको असफलताबाट तथाकथित अमेरिकी शैलीको प्रजातन्त्र सर्वसाधारणको संरक्षण गर्न सक्दैन र तथाकथित मानव अधिकारको लाइटहाउसको किरण छिटै अस्ताएकोविश्वले देखेको छ। आज जुन एक तारिख अन्तर्राष्ट्रिय बाल दिवस हो,यस उपलक्ष्यमा अमेरिकी राजनीतिज्ञहरुले बन्दुक सम्बन्धी हिंसात्मक गतिबिधिको दु:खमा रहेका व्यापक अमेरिकी बालकहरुको कसरी सामना गर्छन्?