बालबालिका र किशोरकिशोरीको बारेमा सुन्दर रूपक
2022-06-01 11:56:21CRI
Share with:

आज जुन १ तारिख अन्तराष्ट्रिय बालदिवस हो। चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङको मनमा बालबालिका र किशोरकिशोरीहरू मातृभूमिको भविष्यका लागि "सानो बिरुवा" हुन्। उहाँले भन्नुभएको छ: "तिमीहरू सबै साना बिरुवा हौ।" साथै उहाँले बालबालिकाप्रति तीन आशा पनि प्रस्तुत गर्नुभएको छ- पढाइमा लगाव, श्रममा मेहनत र मातृभूमिको माया हुन्।

यसअघि चीनका पूर्व राष्ट्राध्यक्ष माउ चतुङले किशोरकिशोरीलाई "बिहान ८/९ बजेको सूर्य" को रूपमा वर्णन गर्नुभएको थियो।  

 

चीनमा बालबालिकाको बारेमा धेरै सुन्दर रूपकहरू छन्, जस्तै: मातृभूमिको फूल, भविष्यको आशा, खाली कागजजस्तै  शुद्ध र सफा।

नेपालमा बालबालिकालाई वर्णन गर्ने राम्रा शब्दहरू के के छन्? कृपया सुनाउनुहोस्!

सबै बालबालिकालाई बालदिवसको शुभकामना !