क्वाङसीको चिया बगानमा व्यस्त छन् किसानहरू
2022-06-02 09:04:04cri
Share with:

चीनको क्वाङसी च्वाङ जातीय स्वायत्त प्रदेशको पाइ स शहरको लिङ युन जिल्लाको चिया बगानमा किसानहरू चियाको पात टिप्न र चिया बनाउन व्यस्त छन्।

समुद्र सतहदेखि ११०० मिटरको उचाइमा रहेको उक्त ठाउँको पाइ माउ नामक चियाको लामो इतिहास छ। लिङ यु जिल्लाको चिया बगानको क्षेत्रफल १ लाख २० हजार मू अर्थात् ८ हजार हेक्टर छ भने तीमध्ये अर्गानिक चिया बगानको क्षेत्रफल १५.३ हेक्टर छ।

लिङ युन जिल्लामा चियासम्बन्धी काम गर्ने व्यक्ति तथा किसानहरूको संख्याले समग्र जिल्लाको संख्याको २२.५ प्रतिशत भाग ओगटेको छ।