शाङहाईमा ‘बेबी किलर ह्वेल’ को बच्चा प्रदर्शन गरिने
2022-06-02 14:20:51CRI
Share with:

शाङहाईको हाई छाङ समुद्रीय पार्कले जुन १ तारिख सार्वजनिक गरे अनुसार, बेबी किलर ह्वेलले सफलतापूर्वक एउटा बच्चा जन्माएको छ। पालनपोषण टोली-समूहको सावधानीपूर्वक हेर्चाहबाट हाल यो बच्चा ह्वेलको अवस्था राम्रो देखिएको छ। पार्कले उचित समयमा पर्यटकसामु उक्त बच्चा ह्वेल औपचारिक रूपमा प्रदर्शन गरिने पनि जनाएको छ।

यो व्हेल जन्मँदा २.५ मिटर लामो र लगभग २३३ किलोग्राम वजनको थियो।