शाङहाइ शहरमा सामान्य उत्पादन तथा जीवनयापन व्यवस्थापन पूर्ण रूपमा पुनःसुरू
2022-06-02 09:49:28CRI
Share with:

 जुन १ तारिखदेखि शाङहाइ शहरमा सामान्य उत्पादन तथा जीवन व्यवस्थापन कार्य पूर्ण रूपमा पुनःसुरू भएको छ। योसँगै शाङहाइवासीले सामान्य रूपमा बाहिर गएर किनमेल गर्ने, कार्यालय जाने तथा घुमघाम गर्न पाएका छन्। 

 शाङहाइमा सार्वजनिक बस र रेल प्रणालीको सञ्चालन पुन: सुरु हुनुका साथै फेरी सेवाका १७ लाइनपनि पुनः सञ्चालनमा आएका छन्।

   शाङहाइका सबै तीन प्रमुख रेलवे स्टेशन पुनः सञ्चालन भएपछि शाङहाइबाट प्रस्थान गर्ने रेलको संख्या पनि व्यवस्थित रूपमा बढ्दै गएको छ।