चीन-अमेरिका सम्बन्ध थप बिग्रनु हुँदैन: परराष्ट्रमन्त्री वाङ यी
2022-06-02 15:30:28CRI
Share with:

मे ३१ तारिख चीनका परराष्ट्रमन्त्री वाङ यीले “किसिङ्गर र चीन-अमेरिका सम्बन्ध” गोष्ठीला भिडियो सम्बोधन गर्नुभएको छ। वाङ यीले वर्तमान चीन-अमेरिका सम्बन्धको वातावरण निकै असामान्य रहेको र अमेरिकाको अति चिन्ता अनावश्यक भएको व्यक्त गर्नुभयो। केन्द्रित भएर आफ्नो विकास गरी जनताको इच्छाला पूरा गर्ने चीनको प्राथमिकता रहेको वाङले बताउनुभयो। वाङले यदि चीन-अमेरिका सम्बन्धला ठूलो मुलुकबीचको प्रतिस्पर्धाको रूपमा मात्र परिभाषा गरियो भने विश्व विभाजित हुने र अशान्ति मात्र हुने उल्लेख गर्नुभयो।

 

वर्तमान भाग्य समुदायको युगमा विश्वका प्रमुख ठूला मुलुकका रूपमा रहेका चीन र अमेरिकाले सरसल्लाह र सहयोग गरी महामारीको नियन्त्रण, आर्थिक पुनरूत्थानला प्रबर्द्धन, जलवायु परिवर्तनको सामना गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ। हाल चीन र अमेरिकाबीचको सम्बन्धसमक्ष यति ठूलो कठिना र चुनति देखा पर्नुको मूल कारण चीन र चीन-अमेरिका सम्बन्धमा अमेरिकाको रणनीतिक गलत धारणा रहेको छ। चीनको इमानदारी सबैले हेरेका छन्, त्यसैले अमेरिकाले पनि गलत विचार छोडेर आफ्नो शक्ति अनुकूल गतिविधि गरी आपसी सम्मान, शान्तिपूर्ण सहअस्तित्व, सहयोग गरी साझा फाइदा पुग्ने आधारमा चीनसम्बन्धी नीतिला सही तथा व्यावहारिक बाटोमा ल्याउनुपर्छ।

 

चीनका परराष्ट्रमन्त्री वाङ यीले भन्नुभए झैँ चीन-अमेरिका सम्बन्ध अरू बिग्रनु हुँदैन, सही छनट गर्नुपर्छ।