“चिनियाँ जनताको सम्मान गर्ने” भन्ने अमेरिकी राजनीतिज्ञहरूले झुटको खेती
2022-06-03 18:59:51cri
Share with:

अमेरिकी विदेश मन्त्री आन्टोनी ब्लिन्कनले हालै चीन सम्बन्धी नीतिमा सम्बोधन गर्ने क्रममा अमेरिका र चिनियाँ कम्युनिष्ट पार्टी तथा चीन सरकारबीच गहिरो मतभेद मौजुद रहेको भन्दै ती मतभेदहरू दुई देशका सरकार र व्यवस्था बीच मात्र मौजुद रहेको र जनता बीच नरहेको कुरा बताउनुभएको छ।

उहाँको उक्त भनाइबाट “नक्कली मायालु भावना” देख्न सकिन्छ। अवश्य नै यस्तो चेपारे नीतिलाई अमेरिकी राजनीतिज्ञको नियमित कारवाही मानिन्छ। त्यस किसिमका झुटले चिनियाँ कम्युनिष्ट पार्टीको बदनाम गर्न र चिनियाँ कम्युनिष्ट पार्टी तथा जनता बीचको घनिष्ट सम्बन्धलाई ध्वस्त पार्न खोजेको षड्यन्त्रलाई लुकाउन सकेको छैन।

ब्लिन्कन लगायतका अमेरिकी राजनीतिज्ञले इतिहास र तथ्यको बेवास्ता गरी जनताको साझा अभिलाषा विपरीत जथाभावी रूपमा चिनियाँ कम्युनिष्ट पार्टी तथा जनता बीचको घनिष्ट सम्बन्धलाई ध्वस्त पार्न खोजेका छन्। उनीहरूले चिनियाँ कम्युनिष्ट पार्टीको बदनाम गरेको कारवाही वास्तवमा १ अर्ब ४० करोड चिनियाँ जनताको विपक्षमा उभिएको छ।

ब्लिन्कनको सम्बोधन जसरी नरम भए तापनि त्यसले चीनको विकासको प्रतिरोध गर्न र चीन राष्ट्रको पुन:रूत्थानलाई अवरोध गर्न खोजेको अमेरिकाको साँचो उद्देश्यलाई लुकाउन सक्ने छैन।