अमेरिकाद्वारा नयाँ सिर्जना गरेको थाइवान कार्ड असफल हुने
2022-06-03 19:01:49cri
Share with:

जुन १ तारिख अमेरिकी उप व्यापार प्रतिनिधि सारा बियान्चीले चीनको थाइवानका प्रतिनिधिसँग भिडियो वार्ता आयोजना गरेर तथाकथित २१औं शताब्दी अमेरिका तथा थानवानबीचको व्यापार परियोजना बनाउनु भएको छ। यो परियोजना अमेरिकाले थाइवानसँग मिलेर व्यापारको नाममा विषेश राजनीतिक उद्देश्य पूरा गर्ने उपाय हो। अमेरिकाको राजनीतिक उद्देश्य थाइवानलाई प्रयोग गरेर चीनको प्रतिरोध गर्नु हो। अमेरिकाको उक्त गतिविधिले चीन र अमेरिकाबीचको तीन बुँदे संयुक्त घोषणापत्रको सहमतिलाई उल्लंघन गरेको छ र यो कार्यले चीन र अमेरिकाबीचको सम्बन्धलाई खतरनाक अवस्थामा लगेको मानिन्छ।

चीन र अमेरिकाबीचको तीन बुँदे संयुक्त घोषणापत्र अनुसार अमेरिकाले विश्वमा एकचीन र थाइवान चीनबाट विभाजन गर्न नसकिने एक भागको बिषयमा स्वीकार गरेको छ। अमेरिका र थाइवानबीचको व्यापार परियोजनाले एक चीनको नीतिलाई उल्लंघन गरेको देखिन्छ। यो गतिविधि अमरिकाले चीनलाई प्रतिरोध गर्न खोजेको एउटा नयाँ उपाय हो। भविष्यमा चीन अवश्य नै एकिकृत हुनेछ र यो कार्यलाई कुनै व्यक्ति वा शक्तिले रोक्न सक्दैन्।