अन्तरिक्ष शहरमा के छ र? चिडिया खाना!
2022-06-04 16:39:53cri
Share with:

 

तुङ फङ अन्तरिक्ष शहर चीनको उत्तर पश्चिमी भागको मरूभूमिमा रहेको छ। सो अन्तरिक्ष शहरबाट करिब ७ किमी टाढा रहेको ठाउँमा एउटा विशेषतायुक्त चिडियाखाना पनि रहेको छ।

 

प्राकृतिक वातावरणमा जनावरको राम्ररी हेरचाह गरिरहेका मानिसहरू सामान्य होइनन्। किनकी वास्तवमा उनीहरूको मुख्य कार्य रकेटको इंधन पदार्थको संचय र ढुवानी रहेको छ भने साग सब्जी रोप्ने, जनावरको पाल्ने र चित्र कोर्ने भन्ने न उनीहरूको अतिरिक्त कार्य हो।

 

त्यस विशेषतायुक्त चिडियाखानाले फराकिलो मरूभूमिमा जिवन्त शक्ति थपिदिएको छ। साथै त्यसबाट अन्तरिक्ष शहरमा मेहनतपूर्वक काम गरिरहेका अन्तरिक्ष कर्मचारी र उनीहरूका नातेदारहरूले बिदाको समयमा प्रकृतिसँग घनिष्ट रूपमा सम्पर्क राख्न सक्नेछन्।