सी चिनफिङको प्राकृतिक तथा सांस्कृतिक विकासको विचारद्वारा विश्वलाई दिगो विकासको दिशा दिइएको
2022-06-04 19:39:52cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी १८औँ महाधिवेशन भएयता चीनका राष्ट्राध्यक्ष सी चिनफिङले प्राकृतिक तथा सांस्कृतिक निर्माणका लागि एक श्रृंखलाबद्ध विकासको नयाँ विचार र रणैतिक प्रस्ताव प्रस्तुत गर्नुभएको छ। विश्वको प्राकृतिक वातावरणको संरक्षण गर्दैआएको तथा योगदानकर्ता समेत रहेको चीनमा प्राकृतिक वातारण तथा सांस्कृतिक निर्माणमा हासिल भएको उल्लेखनीय उपलब्धिहरू अन्तर्राष्ट्रिय समाजलाई देखाएको छ। यो हरित विकासको व्यापक प्रशंसा पनि पाइएको देखिन्छ। धेरै मुलुकका व्यक्तित्वहरूले राष्ट्राध्यक्ष सी चिनफिङको प्राकृतिक तथा सांस्कृतिक विचारबाट मानवीय दिगो विकासमा नयाँ शक्ति थप्नुका साथै विकासलाई दिशा दिएको पनि व्यक्त गरेका छन्।

 

दक्षिण अफ्रिका विश्वविद्यालय बेमकी नेतृत्व शक्ति अनुसन्धान प्रतिष्ठानका अध्ययनकर्ता पल टेम्बेले लामो समयदेखि चीनको विकासमा ध्यान दिँदै आउनुभएको छ। उहाँले राष्ट्राध्यक्ष सीको प्राकृतिक तथा सांस्कृतिक विकासको विचार चीनका लागि धेरै उपयोगी हुनुका साथै विश्वका लागि पनि लाभान्वित भएको व्यक्त गर्नुभएको छ।