सीएमजीद्वारा चीन अफ्रिका वातावरणीय संरक्षण सम्बन्धी मिडिया गतिविधि आरम्भ
2022-06-05 16:58:52cri
Share with:

जुन ५ “विश्व वातावरण दिवस” को अवसरमा चाइना मिडिया ग्रुप अन्तर्गत अफ्रिकी मुख्यालयले प्रस्तावित गरेको “चीन अफ्रिका वातावरणीय संरक्षण सम्बन्धी मिडिया गतिविधि” केन्याको राजधानी नाइरोबीमा औपचारिक रूपमा शुरू भएको छ। प्रकृतिका लागि नैतिक समर्थन गरौँ भन्ने त्यस गतिविधिको मुख्य नारा रहेको छ।

 

संयुक्त राष्ट्र संघ मातहतका वातावरण योजना कार्यक्रम, विकास योजना कार्यक्रम, बाल कोष र विश्व प्रकृति कोष लगायतका अन्तर्राष्ट्रिय संगठनका प्रतिनिधिहरू, अफ्रिकी मुलुकका सरकारी प्रतिनिधिहरू, वातावरणीय संरक्षण संस्थाका जिम्मेवार व्यक्तिहरू र अफ्रिकी मुलुकका मुख्य सञ्चार माध्यमका ३० भन्दा बढी प्रतिनिधिहरू शुभारम्भ समारोहमा सहभागी भएका छन्।

 

उक्त शुभारम्भ समारोहमा चाइना मिडिया ग्रुप र अफ्रिकी मुलुकका मुख्य मिडियाले संयुक्त रूपमा प्रकृतिका लागि नैतिक समर्थन गरौँ भन्ने प्रस्ताव प्रस्तुत गर्दै हातमा हात मिलाएर वातावरणीय संरक्षण सम्बन्धी सर्वसाधारणको विचार र बुझाइलाई सबल पारी उच्च स्तरीय चीन अफ्रिका भाग्यको एकरूपताको स्थापनाका लागि हरित विकास क्षमताको सिर्जना गर्न चीन र अफ्रिकाका सञ्चार माध्यमहरूलाई आह्वान गरेका छन्।