क्यानडाले सैन्य विमानको घटनालाई अतिरञ्जित गरेकोमा चीनको प्रतिक्रिया
2022-06-06 19:06:04CRI
Share with:

चीनको रक्षा मन्त्रालयका प्रवक्ता उ छ्यानले आज छ तारिख क्यानडाद्वारा चिनियाँ सैन्य विमान र क्यानडा सैन्य विमानबीच मिलन घटनालाई अतिरञ्जित गरेकोमा पत्रकारहरुको प्रश्नलाई जवाफ दिनुभएको छ। उहाँका अनुसार हाल क्यानडा सैन्य विमानले संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदको निर्णय प्रस्तावलाई कार्यान्वयन गर्ने निहुँमा चिनियाँ सैन्य विमानप्रतिको उत्तेजनालाई बढाएको छ। जसबाट चीनको राष्ट्रिय सुरक्षामा खतरा सिर्जना गरिएको छ। चिनियाँ सेनाले तुरुन्तै चीनले क्यानडाको गतिविधिप्रति कडा विरोध गर्दै उचित शक्तिशाली सुरक्षित र व्यावसायिक कदम चलाउँदै क्यानडासमक्ष गम्भीर सम्पर्क राखेको छ। चीनले क्यानडालाई परिस्थितिको गाम्भीर्यताको सामना गर्न आग्रह गरेको छ अन्यथा यसबाट उत्पन्न हुने सबै गम्भीर नतिजा क्यानाडाली पक्षले वहन गर्नुपर्नेछ।