रोलर स्केटिङ चिनियाँ बालबालिकाको आकर्षण
2022-06-06 14:52:26CRI
Share with:

जुन ६ तारिख चिनियाँ रोलर स्केटिङ दिवस हो। चीनमा रोलर स्केटिङ खेल सन् १९८२ देखि सुरु भएको हो र हाल यो खेल राष्ट्रिय रुपमा लोकप्रिय बनेको छ।

हरेक सप्ताहन्तमा,  हेलमेट, घुँडामा प्याड र कुहिनामा प्याड लगाउने बालबालिकाहरू रमाइलो गर्दै रोलर स्केटिङ खेलिरहेका देखिन्छन्। व्यायाम र मनोरञ्जनका तरिकाबाहेक चीनमा स्पिड रोलर स्केटिङ, फिगर रोलर स्केटिङ, फ्रिस्टाइल रोलर स्केटिङ, चरम रोलर स्केटिङलगायत धेरै प्रतिस्पर्धात्मक कार्यक्रम विकास भएका छन्। विशेष गरी, पैचिङ हिउँदे ओलम्पिकको तयारी र आयोजनाको साथमा, "स्पिड स्केटिङ"को प्रविधि नजिकै भएका हुनाले रोलर स्केटिङले झन् झन् बढी  बालबालिका र युवालाई आकर्षण गर्दैआएको छ।