"मोनरो सिद्धान्त" को कुनै बजार छैन
2022-06-07 18:47:57CRI
Share with:


"अमेरिका महादेशको यो शिखर सम्मेलन ल्याटिन अमेरिकामा अमेरिकी नेतृत्वको पतनको संकेत हुन सक्छ।" यो एक मेक्सिकन मिडियाको मूल्याङ्कन हो। अमेरिका महादेशको नवौं शिखर सम्मेलन ६ तारिख अमेरिकाको लस एन्जलसमा हुँदैछ। यद्यपि अमेरिका महादेशका धेरै नेताहरूले यस शिखर सम्मेलनको आलोचना वा बहिष्कार गरेका छन्। अमेरिकाले अन्ततः क्युबा, भेनेजुएला र निकारागुवालाई बैठकमा आमन्त्रित नगर्ने निर्णय गरेको छ, यसले अमेरिकी नेतृत्वको क्षेत्रीय शिखर सम्मेलन सफल नहुने संकेत गरेको छ।

 

अमेरिकी महादेश शिखर सम्मेलन सन् १९९४ मा सुरु भएको थियो र यो शिखर सम्मेलन अमेरिकाले दोस्रो पटक मुख्य रुपमा आयोजना गरेको हो। अप्रिलमा अमेरिकी विदेश मन्त्रालयले तथाकथित "लोकतान्त्रिक मुद्दा" लाई उद्धृत गर्दै तीन देशका नेताहरूलाई सम्मेलनमा उपस्थित हुन आमन्त्रित नगर्ने घोषणा गरेको थियो। मेक्सिको, बोलिभिया र अन्य देशका नेताहरूले अमेरिकाले सबै अमेरिकी महादेशका नेताहरूलाई आमन्त्रण नगरे यस पटकको शिखर सम्मेलनमा भाग लिन अस्वीकार गर्ने बताएका छन्।  केही दिन अघि भएको अमेरिका महादेशको बोलिभेरियन गठबन्धनको २१औं शिखर सम्मेलनले एक विज्ञप्ति जारी गर्दै शिखर सम्मेलनको अवसरमा केही ल्याटिन अमेरिकी र क्यारेबियन देशहरू विरुद्ध अमेरिकाले गरेको विशेष र भेदभावपूर्ण अभ्यासको कडा निन्दा गरेको छ। धेरै ल्याटिन अमेरिकी देशहरूले प्रश्न गरेका छन् कि अमेरिका "अमेरिका शिखर सम्मेलन" वा"अमेरिका महादेश शिखर सम्मेलन" गर्न चाहन्छ?

 

सन् १८२३ मा ल्याटिन अमेरिकालाई नियन्त्रण गर्न अमेरिकाले "मोनरो सिद्धान्त" प्रस्ताव गरेदेखि ल्याटिन अमेरिकी देशहरूले अमेरिकाको सैन्य हस्तक्षेप, राजनैतिक हेरफेर, अन्धाधुन्ध प्रतिबन्ध र निर्यात मुद्रास्फीतिबाट पर्याप्त पीडा भोगेका छन्।

 

सन् 2013को नोभेम्बरमा जब तत्कालीन अमेरिकी विदेशमन्त्री जोन केरीले अर्गनाइजेसन अफ अमेरिकन स्टेट्समा भाषण दिनुभयो, उहाँले "मोनरो सिद्धान्तको युग समाप्त भएको " भनी दाबी गर्नुभयो। तर वास्तवमा प्रमाणिक रुपमा कुनै परिवर्तन भएको छैन। यस पटक अमेरिकाले शिखर सम्मेलन आयोजना गर्न लागेको मकामा अमेरिकाका विपक्षी वामपन्थी देशहरूलाई दबाउने अमेरिकी मोनरो सिद्धान्तको सोच यथावत् रहेको यो पछिल्लो उदाहरण हो।

 

मेक्सिकोको युनिभर्सिटी अफ इबेरो अमेरिकनका अन्तर्राष्ट्रिय अध्ययन विशेषज्ञ जेभियर रेयेसले अमेरिकाको "आधिपत्य बलियो बनाउन शिखर सम्मेलनको प्रयोग" गरेकोमा आलोचना गर्नुभयो। यो विधि सक्रिय रूपमा एकीकरण खोज्ने ल्याटिन अमेरिकी देशहरूको इच्छाको विरुद्धमा गएकाले यसको कडा विरोध गरिने उहाँले बताउनुभयो।