#अल्पसंख्यक जाति# सिन्च्याङको सामान्य गतिको रेल लोकप्रिय छ?-२
2022-06-07 09:56:10CRI
Share with:

“हथ्यान युलुङ”नामक रेल दक्षिण सिन्च्याङ र उत्तर सिन्च्याङ जोड्ने सर्वसाधारणका लागि सुविधा रेल मात्र नभइ रेललाइन वरिपरि सर्वसाधारणका लागि धनी बन्ने रेल पनि हो। यो रेल मरूभूमिको किनारमा मोबाइल बजार पनि मानिएको छ।

 

"ओखरका काठबाट बनाइएको चम्चा ५ युआन, सानो कचौरा २५ युआन र रंगीन टोपी ३० युआन ..." रेलले खाश क्षेत्रीय शाछ जिल्ला पुग्नेवितिकै यो "मोबाइल बजार" खोलेको छ।  रेललाइन वरिपरिका धेरै किसानहरू रेलमा चढेर आफ्नै कृषि उत्पादन र हस्तकला बेच्न थाल्छन्। 

प्रमुक प्रतिहानको जानकारीअनुसार, सर्वसाधारणलाई दक्षिण सिन्च्याङको विशेषतायुक्त उत्पादन बेच्न सहयोग गर्नका लागि यो रेलले सामान्य यात्रुवाहक यातायात सेवा दिनुका साथै वरिपरिका किसानहरू  आफ्नै कृषि उत्पादन र हस्तकला बेच्ने मञ्च पनि बनेको छ।

सन् २०१८ को सेप्टेबरमा रेल लाइनवरिपरि ओखर र अनार पाकेका थिए। किसानहरूको कृषि उत्पादन बेच्न गाह्रो भएको सूचना पाएपछि प्रतिहानले रेलमा मोबाइल बजार खुल्ने योजना बनाउनुभयो। उहाँको नेतृत्वमा रेलका सेवक-सेविकाले किसानहरूलाई बेच्न सहयोग गर्न थालेका छन्।

त्यसपछि शरद ऋतु फसल भित्र्याउने कालमा ओखर बेच्ने दाजु, बयर बेच्ने दिदी, सुकेका फूल बेच्ने दाजु-भाइहरू यो रेलका नियमित यात्रु हुन्। सिन्च्याङका धेरै विशेषतायुक्त कृषि उत्पादन यो “सामान्य गतिको रेल”मा लोकप्रिय उत्पादन बनेका छन्।

यात्रु आब्रिमिटि. यासेनले  सधैं आफैले बनाएका विशेषतायुक्त नान ल्याएर रेलमार्फत् हथ्यानबाट खाशको बजारमा बिक्री गर्दछन्। उनको सबैभन्दा राम्रो उपलब्धि  एकपटक २०० भन्दा बढी नान बेच्न सफल हुनु हो।

 

“आब्रिमिटि. यासेनले मलाई गहिरो छाप दिनुभएको छ। पहिला उहाँले सधैं सिक्काको पर्स लिनुहुन्थ्यो। गत वर्ष सिक्काको पर्सको सट्टामा उहाँले स्मार्ट फोन लिनुभयो।” रेलका प्रमुख प्रतिहानले हाँस्दै भन्नुभयो। “पहिला रेलको झ्यालबाट देखिने आवास निकै पुरानो थिए। हाल धेरै अग्ला भवनको निर्माण भएका छन्। केही वर्षयता म रेलबाट दक्षिणसिन्च्याङको विकास देखिरहेको छु।”

 

रेलको सेवक मायराङ.साइमेटिले रेलको बजारलाई अनलाइनमा विकास गर्नुभयो। गत वर्ष “युलुङ रेल कृषि उत्पादन” नामक एप सञ्चालन भयो। अनलाइन बिक्रीले दुबै यात्रु र किसानलाई सुविधा दिएको छ।

“यो सामान्य गतिको रेल”ले आशावादी मरूभूमिमा सपना बोकेको छ। यो रेल झन् झन् राम्रो रहोस् भन्ने यात्रुहरूको हार्दिक शुभकामाम र आशा व्यक्त गरेका छन्।