प्याराशुट गर्ने चेक युवकको चीन बसाइको कथा
2022-06-08 14:26:12cri
Share with:

चीनको हाई नान प्रान्तमा चेक गणतन्त्रका प्याराशुट गर्ने एक युवक बस्छन्। उनको नाम माइक हो। प्याराशुट प्रशिक्षकको हैसियतले उनी चार हजार मिटरको उचाइबाट प्याराशुटसँगै हाई नान टापूको सुन्दर दृश्यको अवलोकन गरी यो साहसिक खेलमा आफ्नो सपना साकार गर्दैछन्।

 

चार हजार मिटरको उचाइबाट धेरै पटक प्याराशुट गरे तापनि प्याराशुट प्रशिक्षक माइकले हाई नान प्रान्तको पो आउको समुद्र निकै शान्दार रहेको भन्दै प्रशंसा गरेका छन्।

 

सन् २००० देखि माइकले प्याराशुट सिक्न थालेका थिए। हाल २२ वर्ष भइसकेको छ। सन् २०१५ मा प्याराशुट प्रशिक्षकको प्रमाण पत्र प्राप्त गरेपछि माइक एक पेशागत प्याराशुट प्रशिक्षक बनेका थिए। पर्यटकहरुलाई प्याराशुट सिकाउँदा उनीहरुलाई प्याराशुटको आकर्षणको अनुभव गराउन माइकले हरेक क्षण विस्तृत कुराको राम्रोसँग जानकारी दिँदै सावधानी गराउँछन्।

 ‘आफूबाट गल्ति नहोस् भन्ने हो। सक्दो कोसिस गरी राम्रोसँग काम गर्नुपर्छ।’

 

सन् २०२१ को जुन महिनामा चीनमा प्याराशुटको उज्यालो भविष्य देखेर माइक चीनमा आएका थिए। धेरै स्वरोजगारी र व्यवसायीहरुले हाई नानमा प्याराशुटको अखडा खोल्ने योजना बनाएको उनले देखे। उष्णकटिबन्धमा पर्ने हाई नानको नीलो आकाश र शानदार समुद्र भएको हुनाले यो उनको पहिलो छनौट बनेको थियो।

यहाँका मानिसहरु धेरै मैत्रीपूर्ण र उत्साहजनक छन्। हाम्रो भाषा फरक भए तापनि उनीहरुलाई मसँग कुराकानी गर्न मन लाग्छ।

 

चीन आएको पहिलो महिनामा माइकले नयाँ वातावरणसँग अभ्यस्त नभएकोले अरुलाई धेरै दु:ख दिएका थिए। तथापि चिनियाँ साथीहरुले उनलाई मैत्रीपूर्ण व्यवहार गरेपछि उनको भाषाको अवरोध क्रमश:  हट्दैगएको थियो। माइक छिटै हाई नानमा आफ्नो काम र जीवनसँग अभ्यस्त भएका थिए।

‘यहाँ आउँदा खेरि स्थानीय बासिन्दाहरुले सधैँ मलाई फलफूल दिएका थिए। यहाँका केरा र नरिवल मलाई धेरै मन पर्‍यो। बगरमा बसेर नरिवलको पानी खाँदा धेरै आनन्द लाग्यो।’

 

सुन्दर वातावरण र मीठो खानाका कारण माइकले लामो समयसम्म चीनमा आफ्नो काम गर्ने दृढ विचार राखेका छन्। उनको सपना चीनमा एउटा प्यारशाट स्कूल खोल्नु हो। यो लक्ष्य पूरा गर्न उनले धेरै प्रयास गरेका छन्। उनीसँग धेरै विद्यार्थी नभए तापनि उनको प्रशिक्षण प्रभावकारी छ। उनका एक विद्यार्थी भन्छन्,

‘उनी धेरै उत्साही र सकारात्मक छन्। र विद्यार्थीप्रति उनी जिम्मेवार पनि छन्। हरेक पटक सिकाएपछि मलाई भन्छन्, कुनै समस्या भएमा मलाई सोध्नसक्छौ।’

 

छ्युङ हाई प्याराशुट अखडामा क्यामेराबाट पर्यटकहरुका लागि फोटो खिच्ने एक मात्र प्रशिक्षक माइक हुन्। अरु प्रशिक्षकले पर्यटकहरुका लागि भिडियो मात्र खिच्नसक्छन्। दीर्घकालीन अवधिसम्म तालिम लिनुका साथै उच्च आकाँक्षा भएको कारणले उनले यस्तो अपठ्यारो काम गर्नसक्छन्।

 

भविष्यप्रतिको आफ्नो इच्छाबारे चर्चा गर्दै माइकले हाल आफ्नो सबैभन्दा ठूलो आशा हरेक दिनको काम राम्रोसँग गर्नुका साथै हरेक कामका लागि तयार हुनु हो।

 ‘संसार हरेक दिन परिवर्तन हुन्छ। सहज र निशंकोच भएर हरेक दिन राम्रोसँग बिताउनुपर्छ।’

 

हाई नानमा बस्नथालेको एक वर्ष मात्र पुगे तापनि चिनियाँ संस्कृति मन परेको हुनाले माइकले चीनमा दीर्घकालीन अवधिसम्म बस्ने योजना बनाएका छन्।