पाइ च्यु युद्ध सम्बन्धी कथा-2
2022-06-08 14:22:19cri
Share with:

 ईसा पूर्व 506मा वु राज्यका सेनाले छु राज्यमाथि हमला गर्ने मौका परिपक्व भएको विचार गरेको थियो। तर त्यस बेला छु राज्यको सेना वु राज्यभन्दा केही गुना बढी भएकाले तिव्र गतिले युद्ध गर्ने वु राज्यका सेनापति सुन उको विचार थियो। उनले हजारौं बलवान र दक्ष सिपाहींहरुलाई छानेर तिव्र गतिले मार्च गर्ने उपाय अंगालेर गोप्य रुपमा छु राज्यमाथि जाइलागे। 


       कुनै तयारी नगरेका छु राज्यका सम्राटले यो खबर पाएपछि शत्रुको प्रतिकार गर्ने उद्देश्य राखी सारा राज्यका सैनिकलाई नेतृत्व गर्न भनी जनरल नाङ वा र शन् यी स्यूलाई आदेश दिएका थिए। दुइ पक्ष बीच पाइ च्यु अर्थात अहिलेको हु पै प्रान्तको आन् लु क्षेत्रमा घमासान युद्ध भयो। शन् यी स्यूले नाङ वालाई एक प्रस्ताव राखेका थिएः नाङ वाले छु राज्यका सेनाको मुख्य टुकडीको नेतृत्व गर्दै शत्रुको सामुन्ने युद्ध मोर्चा र किल्ला बनाउने र शन् यी स्यूले केही सैनिकलाई लिएर वु राज्यको सेनाको पछिल्लो मागमा गएपछि वु राज्यको सेनामाथि अगाडी र पछाडीबाट आक्रमण गर्ने। यसले गर्दा एकमुष्टमा वु राज्यका सेनालाई सखाप पार्ने। यो नै छु राज्यका सेनाले वु राज्यको सेनालाई पराजित गर्ने एक राम्रो उपाय हो। नाङ वाले शुरुमा शन् यी स्यूको प्रस्तावलाई स्वीकार गरेका थिए।

       तर शन् यी स्यूले सेनाको नेतृत्व गर्दै प्रस्थान गरेपछि नाङ वाले आफ्नो तल्लो तहका जंगी अधिकारीको वाहियात कुरा सुनेर युद्धमा विजय पाएपछि शन् यी स्यूको श्रेयदान आफूभन्दा ठूलो हुने डरले युद्धको पूर्व योजनालाई आफैले परिवर्तन गरी राम्रोसँग तयारी नगरिएको अवस्थामा पहिले नै वु राज्यको सेनामाथि हमला गरे। फलस्वरुप सुन उले उनलाई पराजित गरे। शन् यी स्यूले नाङ वाको मुख्य सेना हार खाएर भागेको थाहा पाएपछि जोगाड गर्नका लागि हतारमा सेना लिएर आए। वु राज्यको सेनाले सुन उको निर्देशनमा शन् यी स्यूको सेनालाई घेराबन्दी गर्‍यो। त्यो घेराबन्दी तोडेर भाग्न नसकेको अवस्थामा शन् यी स्यूले आफ्नो तल्लो तहका जंगी अधिकारीलाई आफ्नो शिर काटेर छु राज्यका सम्राटलाई युद्धको अवस्था बारे जानकारी दिन आदेश दिएका थिए। छु राज्यका सम्राटले अघिल्लो मोर्चाका सेनाले हार खाएको सुनेर भाइ भारादारहरुको विरोध तथा शहरका सेना र जनताको जीवन मरणको वास्तै नगरी आफ्नो परीवारका सदस्यलाई लिएर लुकिछिपी राजधानीबाट भागे। यो खबर युद्धको अघिल्लो मोर्चामा पुगेपछि छु राज्यको सेना तुरुन्तै लथालिंग भयो। वु राज्यको सेनाले छु राज्यको राजधानीमा प्रवेश भयो। त्यसपछि छु राज्यका भाइ शन् पाओ स्यु भागेर अर्को शक्तिशाली राज्य छिन् पुगे। उनको बुझाइमा छिन् राज्यले वु राज्यमाथि आक्रमण गर्न सेना पठाएको थियो र वु राज्यले छु राज्यबाट आफ्नो सेना हटाएको थियो।

      पाइ च्युको युद्धबाट चीनको युद्ध सम्बन्धी इतिहासमा तिव्र गतिले लडाई गरेर सानो संख्याको सेनाले बढी सेनालाई पराजित गरेर नमूना सिर्जना गरिएको छ। युद्धको शुरुमा वु राज्यका तीस हजार सैनिक मात्र थिए। तर छु राज्यका दुइ लाख सैनिक थिए। तर छु राज्यले सैनिकहरुलाई समुचित निर्देशन नगरी गलत निर्णय गरेकाले अन्तमा हार खाएको थियो