जुन ५ तारिख चिनियाँ शनचौ १४ मानववाहक अन्तरिक्ष यान सफलताका साथ प्रक्षेपण गरिएको छ। साथसाथै अन्तरिक्ष यात्री छन तुङ, लिउ याङ र छाइ स्लेयुचले छ महिनाको अन्तरिक्ष यात्रा सुरु गरेका छन्।
तीनजना अन्तरिक्ष यात्रीहरूले अन्तरिक्ष स्टेशनको थ्यानह नामक केन्द्रिय कोरमा प्रवेश गरेपछि अन्तरिक्ष स्टेशनका दुई प्रयोगात्मक मोड्युल, थ्यानचौ ५ मालवाहक अन्तरिक्ष यान र शनचौ १५ मानववाहक अन्तरिक्ष यानलाई जोड्ने, २/३पटक केबिन बाहिरसम्मको यात्रा गर्ने, निरन्तर रूपमा अन्तरिक्ष अनुसन्धान र अन्य लोककल्याणकारी गतिविधि गर्ने, स्वास्थ्य अनुगमन तथा निरीक्षण र अभ्यास गर्ने र अन्तरिक्ष स्टेशनको मर्मत तथा व्यवस्थापन कार्य गर्ने छन्। त्यसपछि उनीहरूले शनचौ १५ मानववाहक अन्तरिक्ष यानका यात्रीलाई सम्बन्धित् काम हस्तान्तरण गरी डिसेम्बरमा पृथ्वी फर्कनेछन्।