अमेरिकी राजनीतिज्ञहरूको सिनच्याङ झूटको व्याख्या गर्न आवश्यक
2022-06-08 17:16:22CRI
Share with:


"सिनच्याङमा कुनै समस्या छैन, हामी सबैलाई थाहा छ, तर जबरजस्ती श्रम, नरसंहार र मानवअधिकारका मुद्दाहरूमा आक्रमण गर्न सिङच्याङलाई प्रयोग गर्नु प्रभावकारी माध्यम हो र अन्तिम लक्ष्य भनेको 'चिनियाँ सरकारलाई पूर्ण रूपमा दलदलमा फसाउनु' हो।" यो चीनका लागि पूर्व अमेरिकी कूटनीतिज्ञको भाषण हालै मिडियाहरूले खुलासा गरेका हुन्।

 

यदि यो समाचार साँचो हो भने, मानिसहरू अचम्ममा पर्नेछैनन्, किनभने अमेरिकाले पटक पटक यस्तै गर्दै एको छ। उदाहरणका लागि सन् 2018मा पूर्व अमेरिकी सेना कर्नेल विल्करसनले अमेरिकाको एक कलेजद्वारा आयोजित मञ्चमा स्पष्ट रूपमा भन्नुभयो कियदि अमेरिकाले चीनलाई अस्थिर बनाउन चाहन्छ भने सिनच्याङमा अशान्ति सिर्जना गर्नुपर्छ र युगुर जातिका मानिसहरूलाई चीन भित्रबाट भ्रमित गर्न उक्साउनु पर्छ।” सन् 2015मा, एफबीआईका पूर्व अनुवादक एडमन्ड्सले पनि भन्नुभयो, अमेरिकाले सिनच्याङका जनताको वास्ता गर्दैनउनीहरू केवल सिनच्याङलाई बाधा पुर्‍याउन चाहन्छन्।

 

गत महिनाको अन्त्यमा संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्त ब्याचेलेटले चीनको भ्रमण गर्नुभएको थियो। भ्रमणअघि अमेरिकाले मानवअधिकार उच्चायुक्तलाई सिनच्याङ भ्रमण गर्न आग्रह गरेको थियो। तर भ्रमण हुन लागेको बेला अमेरिकाले विरोध गरेको छ। अब भ्रमण सकिएपछि ब्याचेलेटले सिनच्याङका सबै क्षेत्रका स्थानीय जनतासँग कुनै प्रतिबन्ध र सुपरिवेक्षण बिना छलफल गरेको स्पष्ट पारेको छ। तर अमेरिकी विदेश मन्त्रालयले पनि ब्याचेलेटको भ्रमण प्रतिबन्धित र हेरफेर भएको दाबी गरेको छ ।

 

सिनच्याङ स्थिर र समृद्ध छ। त्यहाँका जनता शान्ति र सन्तुष्टिका साथ काम गर्छन् भन्ने तथ्यलाई अमेरिकाका कुनै पनि झूटले मेटाउन सक्दैन। सिनच्याङको स्थानीय सरकारले जारी गरेको तथ्याङ्कअनुसार यस वर्षको जनवरीदेखि मे महिनासम्म सिनच्याङको सहरी क्षेत्रमा 2 लाख 63 हजार नयाँ रोजगारी सृजना भएको छ जसले 4 लाख 60 हजार मानिसको वार्षिक लक्ष्यको 57.17 प्रतिशत पूरा गरेको छ। अर्थतन्त्रमा हालको गिरावट र महामारी फैलावटको पृष्ठभूमिमा यो उपलब्धि कठिन छ।

 

हालैका वर्षहरूमा धेरै देशका प्रतिनिधिहरूले क्षेत्रीय भ्रमणमार्फत् सिनच्याङमा जातीय एकता, सामाजिक स्थिरता र आर्थिक समृद्धि देखेका छन्। संयुक्त राष्ट्र मानव अधिकार परिषद जस्ता बहुपक्षीय अवसरहरूमा धेरै मुस्लिम देशहरू लगायत बहुसंख्यक देशहरूले चीनको सिनच्याङ नीतिलाई समर्थन गर्छन् र चीनको आन्तरिक मामिलामा अमेरिकी हस्तक्षेपको विरोध गर्छन्।