चीनका राष्ट्राध्यक्ष सी चिनफिङको सछ्वान यात्रा
2022-06-09 09:51:03CRI
Share with:

८ तारिख चीनका राष्ट्राध्यक्ष सी चिन फिङले सछ्वान प्रान्तीय मैशान शहरको तुङफो जिल्ला मातहतको थाइह बस्ती युङफङ गाउँ र सानसु पुर्खा भवनको निरीक्षण गर्नुभएको छ। उहाँले उच्चस्तरीय खेतीयोग्य भूमिको निर्माण, खाद्य उत्पादनको प्रवर्द्धन, ग्रामीण क्षेत्रको पुनरुत्थान, महामारीको रोकथाम र नियन्त्रण, ऐतिहासिक र सांस्कृतिक सम्पदाको संरक्षणलगायत विषयबारे जानकारी लिनुभएको छ।

 यो सान सु भन्नाले चिनियाँ इतिहासका तीन प्रसिद्ध साहित्यकार अर्थात् सु स्युन, सु शी र सु छ हुन्।  सानसु पुर्खा भवन उनीहरूको निवास स्थल हो। राष्ट्राध्यक्ष सीले धेरै पटक सु शीका प्रख्यात भनाइहरूलाई  उद्धृत गर्नुभएको छ। उदाहरणका लागि, मूल उद्देश्यलाई सधैँ पछ्याएर अडिग रहनुपर्छ। यदि यो मेरो होइन भने म यसको सानो भाग पनि लिने छैन।