चिनियाँ राष्ट्राध्यक्षद्वारा दक्षिणी अफ्रिकी भगिनी युवा कार्यकर्ताहरुलाई जवाफी पत्र
2022-06-09 18:37:48CRI
Share with:

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले ८ तारिख न्यारेरे नेतृत्व संस्थान दक्षिणी अफ्रिकाका ६ भगिनी युवा कार्यकर्ता एकेडेमी सेमिनार कक्षाका सबै सदस्यहरुलाई जवाफी पत्र पठाउनुभएको छ। उहाँका अनुसार चीन र अफ्रिका साझा भविष्य भएका समुदाय हुन्। यी दुबै पक्षबीचको दीर्घकालीन मित्रताको आशा युवा पुस्तासँग जोडिएको छ।

 

युवाहरुले आफ्नो काँधको कर्तव्य तथा कार्यभार वहन गर्दै चीन-अफ्रिकाबीचको मैत्रीपूर्ण सहकार्यका लागि प्रयास गर्दै मैत्रीपूर्ण भावनाको प्रचारप्रसार गर्ने आशा लिएको पनि राष्ट्राध्क्ष सीले व्यक्त गर्नुभएको छ।

 

   न्यारेरे नेतृत्व संस्थान दक्षिणी अफ्रिका ६ भगिनी युवा कार्यकर्ता एकेडेमी सेमिनार तान्जानियामा आयोजना भएको छ। यस सेमिनारको मुख्य विषय चिनियाँ कम्युनिष्ट पार्टी र दक्षिण अफ्रिका ६ भगिनी पार्टीहरुबीचको अन्वेषण र आदानप्रदान भन्ने हो। दक्षिणी अफ्रिकाका भगिनी पार्टीहरुका १२० युवा कार्यकर्ताले यस सेमिनारमा भाग लिएपछि चिनियाँ राष्ट्राध्यक्षलाई चिठी पठाउँदै चीन र अफ्रिकाबीचको मित्रताको प्रचारप्रसार गर्ने अठोट व्यक्त गरेका छन्।