सेवा निवृत्त अमेरिकीहरू मन्दीको उदासीमा
2022-06-09 19:04:47CRI
Share with:

एक सेवानिवृत्त ६५ वर्षीया अमेरिकी कोलिन शैम्पेन आफ्नो सेवानिवृत्ति खातामा हाल किन ढिलासुस्ती भइरहेको छ भन्नेबारेमा उति जानकार छैनन्। "म मेरो पोर्टफोलियो पनि हेर्न सक्दिन," उनले मार्केटवाचलाई भनिन्।

 

आफ्नो पेन्सनले जीवन निर्वाह गर्दै आइरहेकी उनले सामाजिक सुरक्षाका उपाय पनि अवलम्बन गर्न थालेकी छन्। उनका श्रीमानको मृत्यु भएयता सबै कुराको मूल्य बढेपनि उनको आम्दानी बढेको छैन। उनले भर्खरै पेट्रोलको महँगी देखेर कार चलाउन नसक्ने अवस्था आएको बताउँछिन्। "यो बिन्दुमा यो सबै धेरै डरलाग्दो छ," उनले भनिन्।

 

शैम्पेनले आफू धेरै भन्दा धेरै भाग्यमानी भएको महसुस गर्छिन्, तर लाखौं सेवानिवृत्तहरू जस्तै उनी कार बीमादेखि अण्डा र कुखुरासम्म सबै कुरामा वृद्धि र स्टकमा आएको गिरावटले चिन्तित छन्।

 

बढ्दो महँगीले अमेरिकी सेवा निवृत्त कर्मचारी पनि मारमा पर्न थालेका छन्। कतिपयले यस्तो अविराम चिन्ताबाट मुक्ति पाउनका लागि विभिन्न उपाय गरेर स्वस्थ हुने प्रयास गरिरहेको फिचर मार्केटवाच अनलाइनले लेखेको छ।