अर्थतन्त्रको स्थिरताका लागि चीनका श्रृंखलाबद्ध कदमहरु
2022-06-09 10:38:57cri
Share with:


हाल चीनको राज्य परिषदले अर्थतन्त्रलाई स्थिर पार्नका लागि श्रृंखलावद्ध कदमहरुको बन्दोबस्ती गरेको छ। यी कदमहरुमा वित्तीय नीति, मौद्रिक तथा वित्तीय नीति, लगानी र प्रवर्द्धन शूल्कलाई स्थिर गर्ने नीति, खाद्य तथा ऊर्जा सुरक्षा सुनिश्चित गर्ने नीति, औद्योगिक र आपूर्ति शृङ्खलाको सुनिश्चित गर्ने नीति र आधारभूत जनताको जीविकोपार्जन सुनिश्चित गर्ने नीति गरी छ क्षेत्रका ३३ ठोस कदमहरु समेटिएका छन्।

औद्योगिक र आपूर्ति शृङ्खला सुनिश्चित गर्ने सम्बन्धमा महत्वपूर्ण विदेशी लगानी परियोजनाहरुलाई तिब्र गतिमा प्रवर्द्धन गर्दै विदेशी लगानी आकर्षित गर्नुपर्छ। यसप्रति उप वाणिज्य मन्त्री शङ छ्यु फिङका अनुसार《विदेशी लगानीका लागि प्रोत्साहन गरिएका उद्योगहरूको सूची》को संशोधनलाई तीव्रता दिँदै उत्पादन, अनुसन्धान र विकास केन्द्रहरू आदि क्षेत्रहरूमा लगानी आकर्षित गर्ने शक्तिलाई बढाउनुपर्छ।

      चालू वर्षयता चीनले विदेशी पूँजी आकर्षित गर्ने समष्टिगत अवस्था स्थिर छ भने लगातार वृद्धिलाई साकार तुल्याइएको छ। अघिल्ला चार महिनामा विदेशी पूँजीको वास्तविक प्रयोग २०.५ प्रतिशतले बृद्धि भएको छ। विदेशी पूँजीलाई स्थिर पार्ने कामका सामु धेरै चुनौती देखापरेको छ। वाणिज्य मन्त्रालयले महत्वपूर्ण विदेशी पूँजी उद्यम र परियोजनाहरुलाई जोड दिँदै आकस्मिक महामारी द्रूत प्रतिक्रिया संयन्त्रको स्थापना गरेको छ जसबाट उद्यमहरूको मागलाई समयमै जवाफ दिनुका साथै काम तथा उत्पादनको पुन: सुरुवातलाई बढावा दिनसकिन्छ।

       कार उद्यम चीनको राष्ट्रिय अर्थतन्त्रको स्तम्भ उद्योग हो। हाल चीनको कार स्वामित्व ३०करोड ७०लाख पुगेको छ भने अमेरिकालाई पार गरी विश्वको पहिलो स्थान लिएको छ। कारको बिक्रीले सामाजिक उपभोग्य वस्तुहरूको कुल खुद्रा बिक्रीमा १०प्रतिशत  ओगटेको छ। यस वर्षमा महामारी र ‘चिप’ अभाव आदि कारकतत्वको प्रभावमा कार खपत वृद्धिका सामु ठूलो दवाव देखापरेको छ। त्यसैले राज्य परिषदले कार जस्तै थोक बस्तुको उपभोगलाई स्थिर पार्ने कदमको बन्दोबस्ती गरेको छ। एकातिर नयाँ कारको उपभोगलाई स्थिर पारिएको छ भने अर्कातिर सेकेन्ड ह्यान्ड कारको व्यापारलाई बढाइएको छ। यी कदमहरुले शक्तिशाली रुपमा बजारमूलक विश्वासलाई बढाउनका लागि महत्वपूर्ण भावार्थ रहेको छ।

       यस वर्षयता रुस-युक्रेन द्वन्द्व आदि विदेशी कारकहरुको प्रभावमा ऊर्जाका सामु बढ्दो बाह्य दबाब देखापरेको छ। तापनि समष्टिगत अवस्थाबाट हेर्दा यस वर्षमा चीनको ऊर्जा  आपूर्ति र माग समष्टिगत रुपमा स्थिर देखिन्छ। सम्बन्धी विभागहरुले स्वदेशी तेल र ग्याँस अन्वेषण तथा विकासलाई बढाउनुका साथै बहुपक्षीय रुपमा ऊर्जास्रोतको आयातलाई संगठित गर्नेछ  जसबाट चीनको तेल तथा ग्याँस आपूर्तिको समष्टिगत स्थिरतालाई प्रत्याभूति गर्नसकिन्छ।