चीनबाट पनि नजिकको बस्ती टिंकरमा पुग्यो टेलिफोन
2022-06-09 16:05:35CRI
Share with:

दार्चुलाको कालापानी, लिम्पियाधुरा, लिपुलेक र चीनबाट पनि नजिकको बस्ती टिंकरमा टेलिफोन सेवा सुरु भएको छ। दार्चुलाको व्यास गाउँपालिका१ टिंकरमा तत्काल तार तान्न सम्भव नदेखिएपछि फोन सेवा सञ्चालनमा ल्याउन भिस्याट जडान गरिएको खलंगास्थित नेपाल टेलिकम दार्चुला कार्यालयले जनाएको छ

 

सुरुवातमा दुई लाइन फोन जडान गरी बुधबारदेखि सञ्चालनमा ल्याइएको होयो दुर्गम क्षेत्रका बासिन्दाले फोन गर्नुपर्दा छाङरु झर्नुपर्ने बाध्यता थियो,’ स्थानीय दानसिंह तिंकरीले भन्नुभयो, ‘फोन जोडिएपछि आफन्तसित सम्पर्क गर्न सजिलो भएको छ यसअघि छाङरुमा फोन लागे पनि टिंकरमा फोन लाग्दैन थियो

 

नेपाल टेलिकमको एनटी सेट प्रविधिको माध्यमबाट दुई लाइन फोन सेवा जोडिएको हो। भारतद्वारा अतिक्रमित नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेक नजिकको उक्त बस्तीमा मोबाइल सेटले काम गर्दैन। सञ्चार सेवा नहुँदा ७५ परिवार स्थानीय बासिन्दासँगै सुरक्षाकर्मीलाई पनि सास्ती थियो। फोन लाइन जडान भएपछि स्थानीय खुसी भएका छन्

 

पहिलोपटक भिस्याट सेट जडान गरेर फोन सेवा सञ्चालनमा आएपछि मोबाइल सेवा पनि छिट्टै आउनेमा विश्वास बढेको व्यास१ का वडा सचिव विनोदसिंह बुढाथोकील उद्धृत गर्दै कान्तिपुर अनलाइनले खबर लेखेको छ।

यसअघि छाङरुमा सशस्त्र प्रहरी र स्थानीय बासिन्दाका लागि भन्दै नेपाल टेलिकमले त्यस्तै फोन लाइन जडान गरिसकेको छ

 

छाङरुमा नेपाल टेलिकमको स्काई फोन पनि अझै सञ्चालनमा छ। छाङरुमा फोरजीसहितको नमस्तेको लाइन जडानको तयारी भइरहेको टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङले बताउनुभयो। सामरिक महत्त्व बोकेको छाङरु र टिंकरमा फोन सेवा सञ्चालनमा ल्याउन प्राविधिक टोलीसँगै प्रमुख गुरुङ आफैं खटिएका थिएस्काई फोन पनि केही दिनदेखि अवरुद्ध थियो,’ छाङरुका स्थानीय विमल बोहराले भन्नुभयो, ‘अहिले चालु भएको छ, छाङरुको ज्याक्ति डाँडामा फोरजीको टावर जडान हुँदै छ सोलार ब्याट्री अपुग भएका कारण केही समय लाग्ने टेलिकमले जनाएको छ

 

टेलिकमको फोरजी सेवा सञ्चालन भए छाङरु मात्र नभई कालापानी, कुटी, गुन्जी, नाभीलगायतका क्षेत्रसम्म नेपाली फोनको पहुँच हुनेछ। ज्याक्ति डाँडाबाट कालापानी, गुन्जी, कुटी, गाउँ सहजै देख्न सकिन्छ। सबैभन्दा अग्लो डाँडामा रिपिटर टावर राखिएका कारण भारतीय गाउँतिर कभरेज बढ्ने सम्भावना छ