मंगोलियामा स्वयं सेवा गर्ने चिनियाँ युवती
2022-06-09 15:57:56cri
Share with:

 

सन् २०२१ को सेप्टेम्बरमा ह्वा चुङ कृषि विश्वविद्यालयको जीव चिकित्सा विषय पढेकी चौ शय्व हुपै प्रान्तीय वुहान शहरबाट मंगोलिया गइन्। उनको गन्तव्य मंगोलियाको उलानबटार थियो। आधा वर्षको समयमा उनले मंगोलियाका लागि संयुक्त राष्ट्र संघीय विकास योजना कार्यालयको शाखामा स्वयं सेवा दिने गर्दथिन्। युवती चौ भन्छिन् “मंगोलियाको स्वयं सेवा परियोजना पहिले मेरो स्वयं सेवासित फरक थियो। पहिले मैले सानो शहर वा विश्वविद्यालयमा स्वयं सेवा दिएँ। मैले अझै ठूलो चौतारोमा आफ्नो भूमिका निर्वाह गर्नेछु।”

 

उनको विचारमा उलानबटारमा हरियो घाँसेमैदान छ। मंगोलिया एक कृषि मुलुक हो तर सेप्टेम्बर महिनामा उलानबटार मरुभूमिकरणबाट ढाकियो। उनी मंगोलिया गएको उद्देश्य आर्थिक फाइदा बढाउनुका साथै पर्यावरणीय वातावरणको संरक्षण र सुधार गर्नका लागि मसौदा उपलब्ध गराउनु हो। उनी भन्छिन् “त्यहाँ मौसम नाजुक छ। विश्वको जलवायु परिवर्तनका कारण मंगोलियाको वातावरणमा असर परेको छ। हामीले गरिब र पशुपालक प्रान्तहरूको निरीक्षण गर्‍यौं। हामीले कृषि क्षेत्रमा स्थानीय सर्वसाधारणलाई मद्दत दियौं। जस्तै भनौं हामीले उनीहरूलाई इनार बनाउन र कृषिको आधारभूत प्रबन्धको सुधार गर्न मद्दत दियौं।”

 

चौ शय्वले पनि चीन र मंगोलियाको कश्मीर व्यवसाय शृङ्खला, कश्मीर मापदण्डको फरक सम्बन्धी अनुसन्धान प्रतिवेदन पेश गरिन्। चौ भन्छिन्

 “मंगोलियाले कश्मीरको विकास व्यवसायमा महत्व दिन्छ। उनीहरूले मलाई मंगोलियाको कश्मीर व्यवसायबारे जानकारी दिए। साथै उनीहरूले मंगोलियाको कश्मीर अर्थतन्त्रको नीतिबारे जानकारी दिए। चीन र मंगोलियाबीच बैंकको ऋणको ब्याज, विदेशी लगानी भित्र्याउने क्षमताआदि क्षेत्रहरूमा अन्तर छ। त्यसैले उनीहरूले चीनबाट सिक्ने र आफ्नो कश्मीर व्यवसायलाई उकास्ने आशा लिए।”

 

यस पटकको स्वयं सेवापछि चौ शय्वले संयुक्त राष्ट्र संघका संस्थानहरूको संचालन अवस्थाबारे केही जानकारी लिइन्। उनले पनि मंगोलियाको पर्यावरणबारे स्पष्ट रुपमा जानकारी लिइन्। चौकाअनुसार, “चिनियाँ युवायुवती स्वयं सेवाको विदेशी सेवा योजना-संयुक्त राष्ट्र संघीय संस्थान योजना”का लागि मंगोलिया गएकी पहिलो चिनियाँ युवतीको रुपमा उनले अरु चिनियाँ स्वयं सेवासेविकाका लागि अनुभव उपलब्ध गराइन्। यस पटकको अनुभव उनमा ठूलो प्रभाव परेको छ। उनी भन्छिन् “मैले संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय र खुला वातावरण मन पराएँ। भविष्यमा मेरो कामको लक्ष्यबारे मैले जानकारी लिएँ। मेरो विचारमा मंगोलियामा स्वयं सेवा दिएको अनुभवले मलाई परिवर्तन गरेको छ।”