रातो र तातो फलामको कलमले काठको बोर्डमा चित्र कोर्ने व्यक्ति देख्नुभएको छ? ७३ वर्षीय चाउ फिङकोको जन्म मध्य चीनको हुपै प्रान्तको एन्शी थुच्या र मियाउ जातीय स्वायत्त प्रिफेक्चरमा भएको हो। सन् १९९७ देखि उनले काठको बोर्डमा फलामबाट चित्र कोर्ने कलाको अध्ययन गर्न थालेका हुन्। बितेका दर्जनौँ वर्षमा, चाउले हरेक कृतिलाई गम्भीरतापूर्वक लिने गरेका छन्। फलामको चित्रकलाको बिँडो थाम्नका लागि चाउले फलामको चित्रकला सिकाउने स्टुडियो स्थापना गर्नुका साथै कलेजका विद्यार्थीहरूलाई पनि फलामको चित्रकला तालिम दिने गरेका छन्।
आफू "राष्ट्रिय संस्कृतिको रक्षक" बनेर फलाम चित्रकलाको माध्यमबाट थुच्या जातिको परम्परागत संस्कृतिलाई निरन्तरता दिने आशा चाउले राखेका छन्। उनले भनेः "हामीले हाम्रा पुस्ताका चीजबिजहरूको रेकर्ड गरेनौँ भने भावी पुस्ताले थाहा पाउने सम्भावना छैन। हामीले हाम्रो संस्कृतिको निशान राख्नुपर्छ!"