एड्रियन जेन्जको नक्कली रिपोर्टद्वारा अमेरिकाको वास्तविक अनुहार उजागर
2022-06-10 19:29:14CRI
Share with:


अमेरिकाको तथाकथित युगुर जबरजस्ती श्रम रोकथाम ऐन” लागू गर्न सुरुवातको रूपमा पेशेवर नक्कली एड्रियन जेन्जले हालसालै अर्को रिपोर्ट प्रकाशित गरेको छ कि चीनले "जबरदस्ती श्रमको दायरा र स्केल विस्तार गरिरहेको छ"। तथाकथित अमेरिकी ऐन अफवाह्हरूले भरिएको छ, तथाकथित रिपोर्ट विशुद्ध रूपमा मनगढन्ते छ। अमेरिकी पक्षले सिनच्याङलाई विश्वव्यापी आपूर्ति शृङ्खला र औद्योगिक श्रृंखलाबाट बाहिर निकाल्नका लागि जे पनि गर्नसक्छ।

 

अब सिनच्याङमा कुनै पनि "जबरजस्ती श्रम" समस्या छैन, त्यहाँ सुखी जीवनको खोजीका कथाहरू छन्। "सिनच्याङमा कुनै समस्या छैनहामी सबैलाई थाहा छतर जबरजस्ती श्रमनरसंहार र मानवअधिकारका मुद्दाहरूमा आक्रमण गर्न सिङच्याङलाई प्रयोग गर्नु प्रभावकारी माध्यम हो र अन्तिम लक्ष्य भनेको 'चिनियाँ सरकारलाई पूर्ण रूपमा दलदलमा फसाउनुहो।" यो चीनका लागि पूर्व अमेरिकी कूटनीतिज्ञको भाषण हालै मिडियाहरूले खुलासा गरेका हुन्।

 

अमेरिकी अधिकारीहरूले "सत्य बोलेका छन्", तर एड्रियन जेन्जले अझै पनि झूट बनाउँदै छन्। यो किनभने उनलाई लामो समयदेखि अमेरिकाले चीनविरोधी समर्थन र पुरस्कृत गरेको छ। दश वर्ष बढी समयदेखि अमेरिकी गुप्तचर एजेन्सीसँग मिलेर यो जर्मनी नक्कली विद्वानले लगातार झूटा रिपोर्ट र अफवाहहरूद्वारा बाहिरी संसारलाई भ्रमित गर्दैछ।

 

प्रख्यात फ्रान्सेली लेखक मक्सिम भिभासले सिनच्याङसँग सम्बन्धित झुटा समाचारको खण्डन गरेका छन्अमेरिकी स्वतन्त्र समाचार वेबसाइट "ग्रे जोन" ले सिनच्याङ अनुसन्धानको सत्यता उजागर गर्ने लेखहरू बारम्बार प्रकाशित गरेको छ। धेरै देशहरूले संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषदमा चीनको सिनच्याङ नीतिलाई समर्थन गर्छन्। यी तथ्यहरूको सामना गर्दै एड्रियन जेन्ज जतिसुकै अफवाह फैलाए पनि उसले संसारलाई धोका दिन सक्दैन।