निजी आर्थिक नवप्रवर्तनलाई समर्थन गर्दा चीन र विश्वलाई फाइदा हुन्छ
2022-06-11 16:16:53CRI
Share with:

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले हालै पश्चिमी चीनको स छ्वान प्रान्तको भ्रमण गर्नुभयो। भ्रमणको अवसरमा एउटा निजी कम्पनी ची मि फोटोइलेक्ट्रिक कम्पनीको निरीक्षण गर्नुभएको थियो।

 

चीनको आर्थिक विकासले उपलब्धि हासिल गरेको छ जसमा निजी अर्थतन्त्रले ठूलो भूमिका खेलेको छ। निजी अर्थतन्त्रको विकास प्रत्यक्ष रूपमा चीनको अर्थतन्त्रको उच्च गुणस्तरीय विकाससँग सम्बन्धित छ। विगत दुई वर्षयता महामारीबाट प्रभावित स्वदेशी तथा विदेशी परिस्थितिमा आएको गहिरो र जटिल परिवर्तन र बाह्य वातावरणमा बढेको अनिश्चिततासँगै निजी उद्यमहरूले थप कठिनाइ र चुनौतीको सामना गर्नुपरेको छ। यस सन्दर्भमा चिनियाँ सरकारहरूले निजी उद्यमहरूलाई कठिनाइहरू पार गर्न र विकासका लागि सघाउन सक्रिय रूपमा प्रयास गरिरहेका छन्। यस पटक राष्ट्राध्यक्ष सीले ची मि फोटोइलेक्ट्रिक कम्पनीको निरीक्षण गर्दा विशेष गरी स्थानीय सरकारको सहायता नीतिहरूको बारेमा सोध्नुभयो। यसले निजी उद्यमहरूका लागि चिनियाँ सत्तारूढ दल र सरकारको समर्थन र चासोलाई मात्र प्रतिबिम्बित गर्दैन, तर फेरि एक पटक "निजी अर्थतन्त्रको विकासलाई प्रोत्साहन, समर्थन र मार्गदर्शन गर्ने" स्पष्ट संकेत पनि जारी गरेको छ।

 

वर्तमानमा विश्व अर्थतन्त्रको अनिश्चितता र चिनियाँ अर्थतन्त्रले सामना गरिरहेको दबाबका कारण निजी उद्यमहरूको विकासको इन्जिन नवप्रवर्तनमा निहित छ। स्वतन्त्र नवप्रवर्तनको क्षमतालाई सुधार गर्न र उत्पादकत्वमा गति दिन प्रयास गर्नुपर्ने राष्ट्राध्यक्ष सी चिनफिङको कुराले चीनको निजी अर्थतन्त्रमा चुनौतीहरू पार गर्ने र विकास खोज्ने बलियो विश्वासलाई बल प्रदान गरेको छ। यो चीनको लागि राम्रो छ, यसले विश्व अर्थतन्त्रको पुनरुत्थानमा थप शक्ति दिनेछ।