विदेशी शक्तिले दक्षिण चीन सागरमा बाधा पुर्याउनु नै अस्थिरताको कारक
2022-06-11 17:15:19CRI
Share with:

सिंगापुरमा सांग्रिला वार्तामा चिनियाँ रक्षामन्त्री वेइ फङ हले जोड दिनुभएअनुसार दक्षिण चीन सागरका सम्बन्धमा यस क्षेत्रका देशहरूसँग दक्षिण चीन सागरको समस्यालाई राम्ररी सम्हाल्ने इच्छा,शक्ति र क्षमता छ। विदेशी शक्तिले दक्षिण चीन सागरमा बाधा पुर्याउनु नै अस्थिरताको कारण हो। अमेरिकाले खास गरी दक्षिण चीन सागरको स्थिरताका लागि हितकर हुने गतिविधि गर्नसक्छ भने द्वन्द्व सिर्जना र टकरावलाई बढाइचढाइ गर्नु छोड्नुपर्छ।