बन्दुकको अति व्यापक प्रयोग = स्वतन्त्रता? होइन, ट्युमर नै हो! #समाचार सन्दर्भ
2022-06-12 11:22:49CRI
Share with:

जुन ११ देखि बन्दुक हिंसाविरुद्ध अमेरिकी गैर सरकारी संगठनले "मार्च फर आवर लाईभ्स" (हाम्रो ज्यानको लागि जुलुस प्रदर्शन) आयोजना गरेका छन्।

प्राप्त तथ्याङ्क अनुसार, अमेरिकामा बन्दुकबाट मारिनेको संख्या वर्षेनी बढ्दै गइरहेको छ। चालू वर्ष अर्थात् सन् २०२२ को आधा वर्ष नबित्दै अमेरिकामा बन्दुक सम्बन्धित घटनाहरूमा परी १७,००० भन्दा बढी मानिसहरू मारिएका छन् भने १४,००० भन्दा बढी मानिस घाइते भएका छन्। सन् २०२१ मा लगभग ४४,००० जना बन्दुकबाट मारिएका थिए। अमेरिकी संचारमाध्यम "वाशिङ्गटन पोस्ट" को जुन ७ तारिख प्रकाशित एक लेखमा यसो भनिएको छ- गोलीका घटनाहरू बन्दुकको प्रसारसँग कुनै सम्बन्ध छैन भन्ने भनाइलाई बन्दुकलाई समर्थन गर्ने केही अमेरिकी राजनीतिज्ञहरूले बारम्बार जोड दिँदै आएका छन्।

बन्दुक नियन्त्रणको असफलताका कारण उत्पन्न विभिन्न सामाजिक समस्याहरूको सामना गर्दा अरूको मामिलामा औँला उठाउने बानी भएका ती अमेरिकी राजनीतिज्ञहरू के गरिरहेका छन्? बन्दुक बोक्ने स्वतन्त्रता अमेरिकी संविधानबाट प्रत्याभूति दिइन्छ, तर जनताको ज्यान र सम्पत्तिको सुरक्षा कसले गर्छ त? बन्दुक सम्बन्धि दुर्घटनाबाट पीडित परिवारको शोक र आक्रोशलाई जुलुस प्रदर्शनबाट मेट्न सकिन्छ र?

बन्दुकको अति व्यापक प्रयोग = स्वतन्त्रता? होइन, ट्युमर नै हो! as