अमेरिकी रक्षा मन्त्रीबाट प्रभुत्ववादी शक्तिको वास्तविक अनुहारको पर्दाफास
2022-06-13 19:01:45cri
Share with:

चीनलाई बदनाम गर्ने अमेरिकी रक्षामन्त्रीको भनाइबारे चर्चा गर्दै परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनपिनले भन्नुभयोः अमेरिकाले चीनलाई बदनाम गर्न बारम्बार गलत सूचनाहरू फैलाएको छ जसबाट अमेरिकाको कुचेष्टा तथा प्रभुत्ववादी शक्तिको वास्तविक अनुहारको पर्दाफास भएको छ। उक्त कुरा प्रवक्ता वाङले जुन १३ तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा उल्लेख गर्नुभएको हो।

प्राप्त जानकारी अनुसार, अमेरिकी रक्षा मन्त्री लोयड अस्टिनले हालै साङ्ग्रिला संवादमा मन्तव्य दिँदै पूर्वी चीन सागर र दक्षिण चीन सागरको क्षेत्रमा विशेष गरी थाइवान जलडमरूमा जोखिम देखिएको ठहर व्यक्त गर्नुभयो। साथै उहाँले एक चीन नीतिप्रति अमेरिकाको अडानमा कुनै परिवर्तन नभएको र नयाँ शित युद्ध वा नेटोको एशियाली संस्करणको खोजी नगरेको पनि जनाउनुभयो।

यसबारे चर्चा गर्दै चिनियाँ प्रवक्ता वाङ वनपिनले भन्नुभयोः थाइवान जलडमरूको शान्ति र स्थायित्वका लागि सबैभन्दा ठूलो खतरा अरू कतैबाट आउँदैन बरू "थाइवान स्वतन्त्रतापक्षधर" शक्तिहरूले गरिरहेको पृथकतावादी गतिविधिहरू र ती गतिविधिहरूलाई अमेरिकाले दिएको सहयोग र समर्थनबाटै नै हो।

प्रवक्ता वाङले अगाडि भन्नुभयोः एसिया-प्रशान्त क्षेत्रमा सैन्यीकरणको सबैभन्दा ठूलो चालक अमेरिका हो। अमेरिकी पक्षाई आफ्नो बोली र कार्यमा एकरूप देखाउन चीनले ताकिता गर्दछ।