‘ता कुङ पाओ’ को १२०औँ वार्षिकोत्सवलाई राष्ट्राध्यक्ष सीको बधाई सन्देश
2022-06-13 17:06:52cri
Share with:

हङकङको ‘ता कुङ पाओ’ समाचारपत्रको १२० औँ वार्षिकोत्सवका अवसरमा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले बधाई सन्देश पठाउनुभएको छ।

बधाइ सन्देशमा राष्ट्राध्यक्ष सीले उल्लेख गर्नु भएको छ:एक शताब्दीभन्दा बढीको समयमा ‘ता कुङ पाओ’ले नयाँ चीन स्थापना, सुधार तथा खुलापन, आधुनिकीकरण निर्माण, मातृभूमिमा हङकङ समाहित भएको घटना र देशको समृद्धि एवम् स्थिरताका लागि सकारात्मक भूमिका निर्वाह गरेको छ। नयाँ युगमा प्रवेश  भएपछि ‘ता कुङ पाओ’ले हङकङमा सामाजिक स्थायित्वको संरक्षण, हङकङ र मुख्य भूमिबीचको आदानप्रदानको प्रवर्द्धन र जनताको मन फिर्ता गर्ने काममा योगदान गरेको छ। ता कुङ पाओले ‘एक देश, दुई व्यवस्था’ को निरन्तर कार्यान्वयन र चिनियाँ राष्ट्रको महान् पुनरूत्थानलाई साकार तुल्याउनको लागि नयाँ पाना खोल्ने आशा पनि सीले सन्देशमा समेट्नु भएको छ।

जुन १२ तारिख दिउँसो हङकङमा ता कुङ पाओको १२०औँ वार्षिकोत्सव समारोह आयोजना गरियो र सो क्रममा राष्ट्राध्यक्ष सी चिनफिङको बधाई पत्र सुनाइएको थियो।

सन् १९०२ को जुन १७ मा स्थापित ता कुङ पाओ विश्वमा अझै पनि प्रचलनमा रहेको सबैभन्दा पुरानो चिनियाँ भाषाको अखबार हो।