अमेरिकी राजनीतिज्ञबाट अन्तर्राष्ट्रिय आर्थिक र व्यापार नियमहरूको गम्भीर बेवास्ता
2022-06-14 18:44:21cri
Share with:

चीनमा लगानीलाई सीमित पार्ने सहमति हालै अमेरिकी २ पार्टीका सांसदहरूले जनाएका छन्। यसबारे चर्चा गर्दै चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनपिनले भन्नुभयोः अमेरिकी राजनीतिज्ञको यस्तो कार्वाहीबाट अन्तर्राष्ट्रिय आर्थिक र व्यापार नियममा गम्भीर क्षति पुगेको र विश्वव्यापी औद्योगिक आपूर्ति शृङ्खलाको स्थिरतामा पनि गम्भीर धम्की भएको छ। जुन १४ तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता वाङले उक्त धारणा व्यक्त गर्नुभएको हो।

प्रवक्ता वाङले भन्नुभयो: "अमेरिकाले राष्ट्रिय सुरक्षाको अवधारणालाई सामान्यीकरण गर्ने कार्यको चीनले सधैँ विरोध गरिरहेको छ। चीन र अमेरिका बीचको सामान्य आर्थिक र व्यापारिक सहयोगमा अमेरिकी राजनीतिज्ञहरूले अनुचित प्रतिबन्ध लगाएता पनि चीनको विकास रोकिन सक्दैन।”

प्रवक्ता वाङले जोड दिँदै भन्नुभयो: खुलापन र समावेशिता युगको प्रवृत्ति हो। उच्च स्तरको खुलापन विस्तार गर्ने चीनको संकल्प परिवर्तन हुँदैन। चीनको खुलापन ढोका फराकिलो हुँदै जान्छ। चीनमा लगानी लगाउनु नै भविष्यमा लगानी गर्ने उत्तम अवसर हो।