विश्व व्यापार संगठनसँग प्लास्टिक प्रदूषणको संयुक्त सामना गर्ने चीनको इच्छा
2022-06-14 18:43:21cri
Share with:

विश्व व्यापार संगठनका लागि चिनियाँ आवासीय प्रतिनिधि ली छङकाङले जुन १३ तारिख जेनेभामा बोल्दै विश्व व्यापार संगठनका सदस्यहरूसँगै प्लास्टिक प्रदूषण विश्वव्यापी चुनौतीको संयुक्त सामना गर्ने इच्छा चीनले लिएको जनाउनुभएको छ।

सोही दिन आयोजित विश्व व्यापार संगठनको १२ औँ मन्त्रीस्तरीय सम्मेलन अन्तर्गत वातावरणीय संरक्षण प्रस्तावको पत्रकार सम्मेलनमा चिनियाँ प्रतिनिधि लीले उक्त जानकारी दिनुभएको हो।

दिगो विकास नै चीनको आर्थिक सामाजिक विकासको मुख्य लक्ष्यहरूमध्ये एक हो। बितेका वर्षयता, चीनमा प्लास्टिक प्रदूषणलाई सीमित पार्ने शृङ्खलाबद्ध कदमहरू लागु भएका छन्। विश्व व्यापार संगठनका सदस्यहरूसँग अनुभव बाँड्दै सहयोग गर्दै जाने इच्छा पनि प्रतिनिधि लीले व्यक्त गर्नुभयो।

प्राप्त जानकारी अनुसार, विश्व व्यापार संगठनमा ‘प्लास्टिक प्रदूषण तथा वातावरणीय दिगो प्लास्टिक व्यापार अनौपचारिक वार्ता’ (आईडीपी) प्रस्ताव प्रस्तुत गरेको चीन हालसम्म ६ वटा समन्वयक मध्य एक हो। हालसम्म सो प्रस्तावमा भाग लिएका सदस्यको संख्या ७२ पुगेको छ।