चिनियाँ सेनाको गैर-युद्ध सैन्य कार्यहरूको रूपरेखा सार्वजनिक
2022-06-14 16:27:34cri
Share with:

चिनियाँ केन्द्रीय सैनिक समितिका अध्यक्ष सी चिनफिङले “चिनियाँ सेनाको गैर-युद्ध सैन्य कार्यहरूको रूपरेखा” शीर्षकको प्रस्तावमा हस्ताक्षर गर्नुभएको छ। साथै सो सैनिक कार्यको रूपरेखा सन् २०२२ जुन १५ तारिखदेखि नै लागू हुने भएको छ।

 

सो रूपरेखाले समग्र राष्ट्रिय सुरक्षा अवधारणाको पालना गर्दै जोखिम र चुनौतिहरूलाई प्रभावकारी रूपमा रोकथाम र निरुत्साहित गर्ने, आपतकालिन अवस्थामा तुरून्त प्रतिक्रिया दिने र त्यसलाई पछ्याउने, जनताको जीवन र सम्पत्तिको सुरक्षा, राष्ट्रिय सार्वभौमसत्ता र विकासको सुरक्षा, विश्व शान्ति र क्षेत्रीय स्थायित्व कायम राख्ने, सैनिक शक्तिको प्रयोग गर्ने तथा नयाँ उपाय सिर्जना गर्ने भएको छ। यस बाहेक सो रूपरेखा नयाँ युगमा सेनाको मिसन र कार्यहरू प्रभावकारी रूपमा पूरा गर्न तथा गैर-युद्ध सैन्य गतिविधिहरूको संगठन र कार्यान्वयनको लागि अत्यन्तै महत्वपूर्ण मानिएको छ।

उक्त रूपरेखामा ६ वटा अध्याय र जम्मा ५९ वटा सर्तहरू समावेश छन्। यसले मुख्यतया व्यवस्थित रूपमा आधारभूत सिद्धान्तहरू, संगठन र कमाण्ड, सञ्चालनका प्रकारहरू, परिचालन, समर्थन र राजनीतिक कार्यलाई नियमन गर्दछ। साथै सेनाहरूलाई गैर-युद्ध सैन्य अपरेशनहरू सञ्चालन गर्न कानुनी आधार पनि प्रदान गरिने छ।