ब्रिक्स मुलुकका सुरक्षा मामिला सम्बन्धी उच्च प्रतिनिधिहरूको १२ औं बैठक जुन १५ तारिख आयोजना हुँदै
2022-06-15 17:03:55cri
Share with:

जुन १५ मा चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनपिनले आयोजित नियमित पत्रकार सम्मेलनमा ब्रिक्स मुलुकका सुरक्षा मामिला सम्बन्धी उच्च प्रतिनिधिहरूको १२ औं बैठकबारे जानकारी दिनुभएको छ। वाङले दिनुभएको जानकारी अनुसार, सो बैठक भिडियोमार्फत आयोजना हुनेछ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य याङ चेछले पैचिङमा सो सम्मेलनको अध्यक्षता गर्नुहुने छ। दक्षिण अफ्रिका, ब्राजिल, रुस, भारतका सुरक्षा मामिला सम्बन्धी उच्च प्रतिनिधिले भाग लिनुहुने छ।

आयोजित सो पत्रकार सम्मेलनमा सोधिएको सुरक्षा मामिलाहरूमा ब्रिक्स मुलुकका सुरक्षा मामिला सम्बन्धी उच्च प्रतिनिधिहरूको १२ औं बैठकप्रति चीनको अपेक्षा के छ भन्ने प्रश्नको जवाफ दिँदै प्रवक्ता वाङले भन्नुभयोः वर्तमान विश्व अशान्तिपूर्ण परिवर्तनको नयाँ अवधिमा प्रवेश भएकोले ब्रिक्सको अध्यक्ष मुलुकको रूपमा चीनले ब्रिक्सका अन्य सदस्यहरूसँग संयुक्त रूपमा काम गर्दै यस बैठकबाट सकारात्मक नतिजा पाउने प्रयास गर्दै जाने छ। ब्रिक्स मुलुकहरू बीचको राजनैतिक पारस्परिक विश्वासलाई बढाउने, राजनीतिक र सुरक्षा सहयोगलाई गहिरो बनाउने, सुरक्षा र विकास हितको संयुक्त रूपमा रक्षा गर्ने तथा विश्व शान्ति र स्थायित्वको प्रवर्द्धन गर्ने क्षेत्रमा सकारात्मक योगदान दिने आशा पनि चीनले गरेको छ।