मर्स्याङ्दी जलविद्युत केन्द्रको विद्युत उत्पादनमा वृद्धि
2022-06-15 15:45:33cri
Share with:

तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रको विद्युत् उत्पादन वृद्धि भएको छ। अविरल  वर्षा तथा गर्मी बढेकाले हिमाल धेरै पग्लिएकाले नदीमा पानीको बहाब बढेपछि पूर्ण क्षमता ६९ मेगावाट विद्युत् उत्पादन भएको केन्द्रले जनाएको गोरखापत्र अनलाइनले लेखेको छ। 

सुख्खा याममा हिउँ कम पग्लने र नदीमा मिसिएका खोला, खोल्सा र झरनाका पानी कम हुँदा घटेर ४० मेगावाटको हाराहारीमा विद्युत् उत्पादन हुने गरेकोमा हाल पूर्ण क्षमतामा उत्पादन भएको केन्द्रका प्रमुख बद्री फुयाँलले जानकारी दिनुभयो। तीनवटा युनिटबाट २३/२३ मेगावाटका दरले पूर्ण क्षमता अनुरुपको ६९ मेगावाट विद्युत् उत्पादन भैरहेको उहाँले जानकारी दिनुभयो। मर्स्याङ्दी हिमालबाट बगेर आएको नदी हो।

गर्मी मौसममा तापक्रम बढ्दै जाँदा हिँउ धेरै पग्लिने र वर्षा धेरै हुँदा यसका सहायक नदी, खोलामा पानीको बहाव बढेसँगै विद्युत उत्पादन पनि बढ्ने गरेको केन्द्रले जनाएको छ। यस केन्द्रबाट उत्पादित विद्युत चितवनको भरतपुरबाट काठमाडौँको स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। 

केन्द्रका अनुसार धेरै बाढी आएको बेला गेग्राङहरु थेग्राउने र काठ दाउरा निकाल्न मिल्ने गरी दुई वटा फ्लाट गेट रहेकाले हाल पूर्ण क्षमतामा नै उत्पादन भइरहेको केन्द्र प्रमुख फुयाँल बताउनुहुन्छ। मर्स्याङ्दी हिमालबाट बगेर आएको नदी हो। गर्मी मौसममा तापक्रम बढ्दै जाँदा हिँउ पनि बढी पग्लिने र वर्षा धेरै हुँदा नदीमा मिसिने अन्य खोलानालाहरु पानी धेरै हुने भएकाले नदीमा पानीको बहाव बढ्दा उत्पादन बढेको केन्द्रले जनाएको छ। केन्द्रका अनुसार सुख्या याममा भने हिउँ कम पग्लने र नदीमा मिसिएका खोला, खोल्सा र झरनामा पानी कम हुने भएकाले पानीको बहाव थोरै हुने हुँदा विद्युत् उत्पादन घट्छ।