पार्टीगत विवादका नाटकबाट 'अमेरिकी दुःस्वप्न' गहन बन्दै
2022-06-15 21:12:44cri
Share with:

गत वर्षको जनवरी ६ तारिख तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका हजारौं समर्थकहरूले अमेरिकी क्यापिटोलमा प्रवेश गरेर हिंसात्मक माध्यमबाट चुनावको नतिजा परिवर्तन गर्न खोजेका थिए। जसबाट ५ जनाको मृत्यु हुनुका साथै १४० भन्दा बढी प्रहरी घाइते भएका थिए। करिब ७०० जना पक्राउ परेका थिए। जुन १४ तारिखसम्म अमेरिकी प्रतिनिधि सभाको विशेष अनुसन्धान समितिले क्यापिटोल हिल दंगाबारे दुईवटा सुनुवाइ गरेको छ। सुनुवाइमा सार्वजिक धेरै भिडियो र प्रमाणले अमेरिकी स्वतन्त्रताको प्रमाण फेरि प्रकाशित गरेका छन्।

विगत एक वर्षमा क्यापिटोल हिल घटनासम्बन्धी अनुसन्धानको सुरुवातदेखि सुनुवाइको आयोजनासम्म पार्टीको विवाद जारी रहेको छ। डेमोक्रेटिक पार्टीको नियन्त्रणमा रहेको प्रतिनिधि सभाले सक्रिय रूपमा अनुसन्धान सुरु गरेर सुनुवाइको जानकारी प्रचार गरेको छ। रिपब्लिकन पार्टीले अनुसन्धान समितिमा सदस्य अवस्था "पक्षपातपूर्ण" भएको र सुनुवाइले विवाद स्थानान्तरण गर्ने उपकरण  भएको भन्दै आलोचना गरेको छ। दुई पार्टीलाई समर्थन गर्ने मिडियाहरू पनि स्पष्ट रूपमा विभाजित बनेका छन्। त्यसै गरी, सत्य पत्ता लगाउने अनुसन्धान  पक्षपाती नाटक बनाइएको छ। जसले अमेरिकामा झन् झन् तीव्र राजनीतिक ध्रुवीकरण देखाउनुका साथै अमेरिकी जनमतलाई अझै विभाजन गरेको छ।

यद्यपि अमेरिकी समाजमा विविध अन्तरविरोध बढ्दैआए पनि राजनीतिज्ञहरूले महामारीको रोकथाम तथा नियन्त्रण, अर्थतन्त्र, बन्दुक नियन्त्रण ऐनलगायत विषयबारे निरन्तर रूपमा विवाद गरिरहेका छन्। यस्तो पृष्ठभूमिमा कोभिड-१९ महामारीबाट मृतकको संख्य दश लाखभन्दा बढी पुगेको, जतासुकै गोली चलेको, एशिया तथा अफ्रिकामाथि लक्षित हिंसात्मक आक्रमण बढेको छ।

पूर्व अमेरिकी विदेशमन्त्री हेनरी एल्फ्रेड किसिन्जरले बेलायती मिडियासँग अन्तर्वार्ता दिंदै भियतनाम युद्ध कालको तुलनामा वर्तमान अमेरिका अझै विभाजित भएको कुरा बताउनुभयो। यी तर्कपूर्ण आवाज वाशिंगटन राजनीतिज्ञहरूका लागि चेतावनी हुनुपर्छ।