चीनको मानवअधिकार विकास बाटो सम्बन्धी राष्ट्राध्यक्ष सी चिनफिङको लेख
2022-06-15 18:52:36cri
Share with:

जुन १६ मा प्रकाशित हुने “छ्यौ श (सत्यको खोजी)” पत्रिकाको १२ औँ अंकमा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङको महत्वपूर्ण लेख समेटिनेछ। “चीनको मानवअधिकार विकास बाटोको दृढ पालना गर्दै चीनमा मानव अधिकार महाकार्यको विकास प्रवर्द्धन" शीर्षकको सो लेखमा सीले औंल्याउनु भएको छः मानवअधिकारको विकास गर्नु नै सम्पूर्ण मानव जातिको साझा महाकार्य हो। मानवअधिकार विकास बाटोको स्वतन्त्र रूपमा रोज्ने अधिकार विभिन्न मुलुकसँग हुन्छ। फरक सभ्यता भएका राष्ट्रहरूले एकअर्कालाई सम्मान गर्ने, एकअर्कामा सहिष्णुता राख्ने, एकअर्कासँग आदानप्रदान गर्ने र एकअर्काबाट सिक्न आवश्यक छ।

मानवअधिकार सम्बन्धमा उल्लेख गर्दै उक्त लेखमा जोड दिइएको छः मानवअधिकार ऐतिहासिक, ठोस र व्यावहारिक हुन्छ। यसबारे चर्चा गर्दा विभिन्न देशको सामाजिक, राजनीतिक अवस्था तथा ऐतिहासिक सांस्कृतिक परम्पराको बेवास्ता गर्नुहुँदैन। कुनै देशमा मानवअधिकार छ कि छैन भन्ने मूल्याङ्कन गर्दा अन्य देशको मापदण्ड वमोजिम मूल्याङ्कन गर्न सकिँदैन र दोहोरो मापदण्डको पालना पनि गर्नुहुँदैन। मानवअधिकारलाई अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने राजनीतिक साधनको रूपमा पनि प्रयोग गर्नु हुँदैन।

चीनका विभिन्न तहका पार्टीको संस्था तथा कार्यकर्ताहरूले चीनमा मानवअधिकार महान कार्यलाई अघि बढाउने ऐतिहासिक जिम्मेवारी बोकेर मानवअधिकार चेतनालाई बढाउँदै जाने आग्रह पनि सीले सो लेखमा गर्नुभएको छ।