गाउँवासीहरूलाई राष्ट्राध्यक्ष सीको घनिष्ठ शब्दहरू
2022-06-16 17:24:11CRI
Share with:

ग्रीष्म फसलको मौसम फेरि आयो। र चीनका विभिन्न ठाँउ पूर्ण जोशमा भइरहेको छ। १.४ अर्ब जनसङ्ख्या भएको चीनको लागि, 'कृषि, ग्रामीण क्षेत्र र किसान'को अवस्था राम्रो दिशातिर हुँदै गएमाम देशको समग्र स्थिति सक्रिय हुन्छ। पहिले किसान हुनुभएका वर्तमान चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले आफूलाई पहेंलो खेती जमिनको छोरा" मान्नुहुन्छ। उहाँले सधैं "कृषि, ग्रामीण क्षेत्र र किसानहरूलाई ठूलो महत्त्व दिनुइरहनुभएको छ। अनि के कस्तो महत्त्व दिनुभयो त? आज हामी सी चिनफिङले धेरै ग्रामीण क्षेत्रको निरीक्षण क्रममा भन्नुभएको कुरामार्फत् ग्रामीण जीवनसँगको प्रगाढ भावनालाई महसुस गरौं।

उहाँका भनाइहरू यस्ता छनः

‘जुनसुकै समयमा पनि कृषिलाई बेवास्ता गर्नुहुँदैन, किसानहरूलाई बिर्सनुहुँदैन र ग्रामीण क्षेत्रहरूको ख्याल विचार मनमा राख्नुपर्छ।’

‘चीन बलियो हुनको लागि कृषि बलियो हुनुपर्छ, चीन सुन्दर हुनको लागि गाउँ सुन्दर हुनुपर्छ र चीन धनी हुन किसानहरू धनी हुनुपर्छ।’

‘चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको नीति राम्रो छ कि छैन? यो त गाउँले हाँस्छ कि रुन्छ भन्ने कुरामा भर पर्छ। यदि गाउँले हाँस्छन् भने यो नीति राम्रो हो र यसको निरन्तरतामा दिनुपर्छ। यदि कोही रुन्छ भने यसको अर्थ नीतिलाई सुधार र समायोजन गर्नु आवश्यक छ।’

‘ग्रामीण पुनरुत्थान बसेर पर्खँदा आउन सकिने कुरा होइन, अरूले दिन सक्ने कुरा पनि होइन। यो अधिकाँश किसानहरूको प्रयासमा भर पर्छ।’

‘अधिकाँश कृषकहरूले सुखी जीवन बिताउन सकून् भनेर किसानको आम्दानी बढाउने क्रममा कुनै किसान वा कुनै किसान परिवारलाई छोड्नुहुँदैन।’