नयाँ प्रयास बाटोमा स छ्वानको विकासको नयाँ अध्याय सिर्जना गर्ने चिनियाँ राष्ट्राध्यक्षको आग्रह
2022-06-16 20:07:29cri
Share with:


 
    चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव,राष्ट्राध्यक्ष एबम केन्द्रीय समितिको सैन्य समितिका अध्यक्ष सी चिनफिङले हाल स छ्वानको निरीक्षण गर्दै जोड दिनुभएअनुसार चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको निर्णय तथा बन्तोबस्तलाई द्दढतका साथ पालना गर्दै महान कम्युनिष्ट पार्टीको भावनाको प्रचार गर्नुपर्छ। स्थिरतामा प्रगति पाउने समष्टितग प्रवृत्तिमा नयाँ विकास विचारधारालाई व्यवहारमा उतार्दै महामारीको नियन्त्रण र आर्थिक तथा सामाजिक विकास गरी दुई कामको समग्र योजना गर्नुपर्छ। जसबाट चौतर्फी रुपमा समाजवादी आधुनिक राष्ट्र निर्माणको नयाँ बाटोमा स छ्वानको विकासकको नयाँ अध्याय सिर्जना गर्दै वास्तविक गतिविधिले कम्युनिष्ट पार्टीको बीसौँ महाधिवेशनको सफल सँयोजनको स्वागत गर्नसकिन्छ।
    जुन १ तारिख स छ्वानको या आनशहरमा ६.१रेक्टर स्केलको भूकम्प गएको छ। राष्ट्राध्यक्ष सीले तुरुन्तै महत्वपूर्ण निर्देशन गर्दै स छ्वान प्रान्त सरकारले सकेसम्म प्रकोपको उद्धार कार्य राम्ररी गर्नुपर्ने आग्रह गर्नुभएको छ। प्रकोपपछिको पुनःनिर्माणलाई जोड दिँदै सामान्य उत्पादन तथा जीवन परिपार्टीलाई छिटो रुपमा पुनःशुरु गर्नुपर्छ।
८ तारिख विहान राष्ट्राध्यक्ष सीले मै शान शहरको तुङ फ्वो क्षेत्रमा पर्ने युङ फङ गाउँको निरिक्षण गर्दै परिक्षण खेतमा धानको रोपण अवस्थाको जानकारी लिनुभएको छ। कृषि प्राविधिकहरूले राष्ट्राध्यक्ष सीलाई धानको प्रयोगात्मक प्रजनन र रोपण प्रवर्द्धन अवस्थाबारेमा सुनाएका छन्। सीका अनुसार असल धान प्रजातिका लागि लामो प्रजनन चक्र चाहिन्छ भने अनेकन तथा बारम्बार परिक्षण तथा फिल्टर पार गरिनुपर्छ। चीनको समस्त कृषि बैज्ञानिक प्राविधिकहरुले यसका लागि प्रथक प्रयास गर्दै राष्ट्रिय अन्नपातको सुरक्षाको प्रत्याभूति र नागरिकको पर्याप्त खानाका लागि महत्वपूर्ण योगदान सिर्जना गरेका छन्। कृषि उद्योगको आधुनिकिकरणको प्रवर्द्धन कृषि विशेषज्ञ मात्र नभई समस्त कृषक पनि चाहिन्छ। त्यसैले आधुनिक कृषि विज्ञान तथा प्रविधि र प्राविधिक तालिमको प्रयोगलाई बलियो बनाउँदै हरियो कृषि,पर्यावर्णीय कृषि र उच्च प्रभावकारी कृषिको सक्रिय विकास गर्नुपर्छ। चिनियाँहरुसँग चामलको कचौरा आफ्नै हातमा दृढताका साथ लिने आत्मविश्वास र शक्ति छ।
    हाल चीनका केही स्थलमा बाढी प्रकोप गराइएको देखिन्छ। यस सम्बन्धमा राष्ट्राध्यक्ष सीले निर्देशन गर्नुभएअनुसार सम्बन्धी विभिन्न स्थलका विभागहरुले ठुलो बाढी तथा प्रकोपको प्रतिरोध तथा नियन्त्रण गर्ने विचारधारा राख्दै विभिन्न आपतकालिन अवस्थाहरूको लागि अग्रिम तयारी गर्नुपर्छ। जसबाट व्यापक रूपमा प्रकोप रोकथाम क्षमताहरू सुधार गर्दै प्रभावकारी रूपमा मानिसहरूको जीवन र सम्पत्तिको सुरक्षाको रक्षा गर्नसकिन्छ। प्रकोप भएपछि शक्तिको तुरुन्तै सँगठन गर्दै प्रकोपको उद्धार गर्नुपर्छ भने जसबाट सकेसम्म हताहत र सम्पत्ति क्षतिलाई न्यूनीकरण गर्नसकिन्छ।