अमेरिकी एसपीसी स्वीकार नभएको नेपालका परराष्ट्र मन्त्रीको भनाइ
2022-06-17 16:11:50cri
Share with:

नेपालका परराष्ट्र मन्त्री  डा. नारायण खड्काले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) नेपाललाई स्वीकार्य नभएको स्पष्ट पार्नुभएको छ। एसपीपीबारे प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार बिहान बसेको बैठकमा बोल्नुहुँदै परराष्ट्र मन्त्री नारायण खड्काले उक्त कुरा बताउनुभएको गोरखापत्र अनलाइनले लेखेको छ।

उहाँले प्रधानमन्त्रीको तहबाट र रक्षामन्त्रीबाट पनि नेपालका लागि एसपीपी स्वीकार छैन भनेर लिखित रुपमा स्पष्ट पारी सकेकाले एउटै विषयलाई बढी खोतलखातल नगर्न समेत आग्रह गनुभयो। 

उहाँले मिडियामा जे विषय कुरा आए पनि त्यसमा सत्य छैन र नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने  स्पष्ट पार्नुभएको छ। बैठकमा बोल्नु हुँदै पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले, को मन्त्री हुँदा पत्रलेखेको थियो र सम्झौता भयो भन्ने विषय मुख्यभन्दा पनि नेपालको परराष्ट्र नीतिमा छ कि छैन भन्ने विषय प्रमुख भएको बताउनुभयो।