राष्ट्राध्यक्ष सी चिनफिङद्वारा ब्रिक्स मुलुकका नेताहरूको १४ औँ बैठकको अध्यक्षता गर्नुहुने
2022-06-17 14:30:01cri
Share with:


 

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जुन २३ तारिख ब्रिक्स मुलुकका नेताहरूको १४ औँ बैठकको अध्यक्षता गर्नुहुने कार्यक्रम रहेको छ। प्राप्त जानकारी अनुसार, त्यस भेटवार्ता भिडियो तरिकामार्फत आयोजना गरिने छ। उच्च गुणस्तरीय साझेदारी सम्बन्धको निर्माण गर्नुका साथै सँगै मिलेर विश्वको विकास हुने नयाँ युगको सिर्जना गरौँ भन्ने त्यस बैठकको मुख्य नारा रहेको छ।

 

यसबाहेक, राष्ट्राध्यक्ष सी चिनफिङले जुन २४ तारिख विश्वको विकास उच्च तहको संवार्ताको पनि अध्यक्षता गर्नु हुनेछ। त्यस संवार्ता पनि भिडियो तरिकामार्फत आयोजना गरिने छ। त्यसको मुख्य नारा नयाँ युगमा विश्व विकासको साझेदारी सम्बन्धको स्थापना गर्नुका साथै हातमा हात मिलाउँदै सन् २०३० दिगो विकासको कार्यसूचिलाई व्यवहारमा उतार्ने भन्ने रहेको छ। ब्रिक्स मुलुकका नेता र उदियमान बजार मुलुक तथा विकासोन्मुख मुलुकका नेताहरू त्यस संवार्तामा सहभागी हुने छन्।

 

साथै राष्ट्राध्यक्ष सीले जुन २२ तारिख भिडियो तरिकामार्फत ब्रिक्स मुलुकको उद्योग वाणिज्य मञ्चको उद्घाटन समारोहमा सहभागी हुँदै मुख्य विषयमा सम्बोधन गर्नुहुने कार्यक्रम पनि रहेको छ।