स्वैच्छिक सेवाकालागि लाओस गएका चिकित्सक छेन पोको कथा
2022-06-17 10:17:10cri
Share with:


 

लाओस, सेसेल्स, मंगोलिया, टर्कीआदि मुलुकहरूमा चीनका स्वयंसेवकले आफ्नो युवास्था तथा पसिनामार्फत विदेशी नागरिक र संघसंस्थालाई स्वेच्छापूर्वक सेवा दिएका छन्। यसरी स्वेच्छापूर्वक सेवा दिन लाओस गएका चिनियाँ युवा चिकित्सक छेन पो पनि ती स्वयंसेवकमध्येका एक हुन्।

 

सन् २०२१ को अन्त्यदेखि चीन-लाओस रेलमार्ग संचालनमा आएको थियो। यसै बीच चिकित्सक छेन पोले लाओसका साथीहरूले पठाएका रेलमार्ग फोटोहरू पाएका छन्। उनले तीन वर्षअघिको लाओसको आफ्नो जीवनबारे चर्चा गर्दै भन्छन् “त्यस अवधिमा हामीले चीनको सहयोगमा लाओसको विभिन्न परियोजनामा भाग लिएका थियौँ। मेकोङ नदीस्थित एक पुल चिनियाँ रेलमार्ग नम्बर आठ निर्माण समूहद्वारा निर्माण गरिएको चीन-लाओस रेलमार्गमध्येको एक भाग हो। मैले त्यहाँ केही फोटोहरु खिचेको थिएँ। यो रेलमार्ग लाओसको पहिलो रेलमार्ग हो। मलाई निकै खुशी लाग्यो। चीन र लाओसबीचको मित्रताले उपलब्धि हासिल गरेको छ।”

सन् २०१८ जुन महिनामा छेन पो चीनको दशौँ खेपको युवा स्वयंसेवा टोलीको साथमा लाओसको राजधानी भेन्टियान गएका थिए। उनले लाओसको १०९ नम्बर अस्पतालमा स्वयंसेवा गरेका थिए। छेन पोकाअनुसार, यो अस्पताल लाओसमा उच्च स्तरको अस्पताल हो तर चिकित्सा स्रोत साधनको अभाव थियो। त्यहाँको प्रविधि स्तर मन्द थियो। छेन पो भन्छन् “त्यहाँको चिकित्सा प्रबन्ध पूर्ण थिएन। चीनमा विरामीले एक्स-रे, सीटी, एमआरआइको जाँचबुझ गर्नसक्छन्। तर लाओसको यो अस्पतालमा सीटी उपकरण थिएन। आपतकालीन कक्षमा भेन्टिलेटर थिएन। स्वयंसेवकको हैसियतमा म लाओस गएकोले मैले त्यहाँको अवस्थाबमोजिम ती समस्याहरूको समाधान गरेको थिएँ।”

 

छेन पोले आफ्नो संस्थान व्हा तोङ सेनेटोरियम र चिनियाँ कम्युनिष्ट युवा लिगअन्तर्गत शांगहाई समितिसँग सम्पर्क गरेका थिए। उनले समाजबाट रकम जुटाएका थिए। अन्त्यमा उनले कुल रकम तीन लाख चिनियाँ युआनको कार्डियोग्राम उपकरण र कम्प्युटर खरीद गरेका थिए। उनले चन्दास्वरुप लाओसको १०९ नम्बर अस्पताललाई दिएका थिए। ती उपकरणहरू अस्पतालका लागि धेरै उपयोगी भएका छन्। लाओसमा औषधीको पनि अभाव थियो। खास गरी एन्टिबायोटिकको अभाव थियो। छेन पोले खाद्य-पदार्थलाई औषधीको रुपमा राख्ने चीनको अनुभवलाई लाओसका चिकित्सक र विरामीलाई सिकाएका थिए।

 

लाओसमा स्वयंसेवा गर्ने क्रममा छेन पोले चिकित्सकको काम गर्नुका साथै चिनियाँ चिकित्सक साथीहरूलाई निमन्त्रण गरी लाओसका बिरामीका लागि “अनलाइन” सेवा उपलब्ध गराएका थिए।