आकाश र भूमिमा पाइने चीनका रेलवेहरू
2022-06-18 15:50:12cri
Share with:

जुन १६ मा,चीनको पश्चिमी भागमा पर्ने सिनच्याङ प्रान्तमा यात्रुवाहक हथ्यान-रुओछ्याङ रेलवे संचालनमा आएको छ। यो नै विश्वमा पहिलो मरुभूमि रेलवे सेवा हो। कुल लम्बाइ ८२५ किलोमिटरको यस रेलवेमध्ये ५३४ किलोमिटर बालुवाले भरिएको मरूभूमि क्षेत्र पार गर्नुपर्छ जुन लाइनको कुल लम्बाइको ६५ प्रतिशत हो। रेलको गति १२० किलोमिटर प्रति घण्टा छ।

वास्तवमा, मरुभूमिमा मात्र होइन, चीनले छिङहाई-तिब्बत पठारभूमिमा विश्वको सबैभन्दा अग्लो रेलवे पनि बनाएको छ, जहाँ दिन र रातको तापमानको अन्तर ४० डिग्री छ। यस बाहेक, चीनको पहाडी शहर छोङचिङमा माथिबाट उड्ने र भवन हुँदै जाने रेल पनि पाइन्छ। अनि रेल जानेआउने २२१५.०२ मिटर लम्बाइको मुख्य पुल भएको चीन-रूस नदी पार पुलको निर्माण पनि भएको छ। यसका साथसाथै क्वाङतुङ-च्यानच्याङ उच्च-गतिको रेलवे समुद्रमुनि सुरुङको निर्माण समुद्र सतहदेखि ६०० मिटर गहिराइमा छ। उल्लिखित भौगोलिक अवस्थाबाहेक, अरू के कस्ता ठाँउमा रेलवेको निर्माण गर्नसक्ने तपाईको विचार छ? छिटै हामीलाई मेसज पठाउनुहोला!