"महामारीको रोकथाम, आर्थिक स्थिरतालाई कायम राख्ने र सुरक्षाको विकास गर्ने" कुरमा चीन विश्वस्त
2022-06-18 17:13:52cri
Share with:

"महामारीको रोकथाम, आर्थिक स्थिरता र विकासको सुरक्षा" जस्ता निर्धारित लक्ष्यहरूलाई व्यवहारमा उतार्नमा चीन पूर्ण रुपमा विश्वस्त रहेको छ। उक्त कुरा चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनपिनले जुन १७ तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा भन्नुभएको हो।  

प्राप्त जानकारी अनुसार, जुन१७ मा आयोजित एक बैठकमा चीनका लागि अमेरिकी राजदूतले चीनमा महामारी रोकथामको गतिशील शून्य-कोभिड नीतिको आरोप लगाउँदै विदेशी लगानीमा असर पर्ने ठहर व्यक्त गर्नुभयो। चीनको वर्तमान गतिशील शून्य-कोभिड महामारी रोकथाम नीति सन् २०२३ सम्म जारी रहने अनुमान पनि उहाँले गर्नुभयो। यस सम्बधी प्रश्नको जवाफ दिँदै प्रवक्ता वाङ वेनपिनले उक्त कुरा भन्नु भएको हो।

प्रवक्ता वाङले भन्नुभयोः "गतिशील शून्य कोभिड" नीतिबाट जनताको सुरक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेको पूर्ण रूपमा प्रतिविम्वित हुन्छ। महामारीको अवस्थाको विकास र परिवर्तनका आधारमा चीनले आफ्नो रोकथाम र नियन्त्रणलाई अनुकूलित गर्दै जानेछ।

यसका अतिरिक्त, प्रवक्ता वाङले पछिल्ला राष्ट्रिय तथ्याङ्कबारे जानकारी पनि दिनुभयो। उहाँका अनुसार, गत मे महिनामा महामारीको प्रतिकूल प्रभावलाई कम पार्दै चीनको अर्थतन्त्रमा सकारात्मक संकेत देखिएको छ।